नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
नोभेम्बर ५ तारिखबाट सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो साङ्घाईमा सुरु भएको छ । उक्त एक्स्पोले विश्वका १२९ मुलुक र क्षेत्रहरूबाट आएका ३,४६९ प्रदर्शकहरूलाई आकर्षित गरेको छ । जसका देशहरू (क्षेत्रहरू) र उद्यमहरूको सङ्ख्या अघिल्लो संस्करणभन्दा बढी भएको पाइएको छ ।
चीनका सर्वोच्च नेता सी चिनफिङले योजना तथा बन्दोबस्त गरी उक्त एक्स्पोको प्रवद्र्धन गर्नुको पछाडि के विचारहरू छन् त ?
सन् २०१७ को मे महिनामा चिनियाँ राष्ट्राध्यक्ष सीले सन् २०१८ देखि चीनले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गर्ने घोषणा गर्नुभएको थियो । आयात मालसामानलाई मुख्य स्थानमा राखिने यो विश्वकै पहिलो राष्ट्रस्तरीय प्रदर्शनी हो ।
पहिलो आयात एक्स्पोको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले आफ्नो मूल उद्देश्यबारे यसरी व्याख्या गर्नुभएको थियो, चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गर्नु नै चीनले उच्चस्तरीय खुलापनको नयाँ चरणलाई बढाउनका लागि गरेको महत्वपूर्ण निर्णय हो । चीनले विश्वका लागि आफ्नो बजार खोल्ने एक प्रमुख कदम पनि हो ।
बितेका सात वर्षमा साङ्घाई आयात एक्स्पोबाट हासिल गरिएका उपलब्धिहरू बढीभन्दा बढी आकर्षक बनेको पाइएको छ ।
आफ्नो बजार खुला गर्ने चीनको पहलबाट विश्वव्यापी प्रदर्शकहरू, उद्यमहरू र यस पछाडिका किसानहरूलाई फाइदा पु¥याइएको छ । अघिल्ला ६ पटकमा ३ लाख ५० हजारभन्दा बढी प्रकारका उत्पादित वस्तुहरू प्रस्तुत गरिएको छ र आयातीत वस्तुहरूको सञ्चयी मूल्य ४ खर्ब ७० अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ ।
यो नै चीनको प्रतिबद्धतामात्र होइन, कार्य पनि हो । विगत ७ वर्षमा साङ्घाई आयात एक्स्पोमा सी चिनफिङले प्रस्तुत गर्नुभएका सुधार कदमहरू, जस्तै भनौँ साङ्घाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको स्थापना, विनिर्माण क्षेत्रमा विदेशी लगानीमाथिको प्रतिबन्धलाई पूर्ण हटाउनु र डिजिटल उत्पादनहरूका लागि बजार पहुँचको विस्तारलगायतका कदमहरू चरणबद्धरूपमा व्यवहारमा उतारिरहेको छ ।
सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले विश्वको ध्यान तान्नुको कारण यो हो कि यो ठुलो मञ्चमा चीनले ‘छोड्नु’ को सट्टा ‘हात समात्ने’ र ‘पर्खालहरूको निर्माण’ को सट्टा ‘पर्खालहरू भत्काउने’ दृढ आत्मविश्वास र व्यावहारिक कार्यहरू गरिरहेको छ । चीनको निरन्तर विस्तार र खुलापनले आन्तरिक विकास र विश्व अर्थतन्त्रको बढ्दो वसन्त लहरलाई सक्रिय बनाएको छ ।
धेरै देशका मानिसहरूले यसरी मूल्याङ्कन गरेका छन्, चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वव्यापी समृद्धिको प्रतीक हो जुन चीन र सम्पूर्ण विश्वका लागि फाइदाजनक छ ।
आयात एक्स्पोका लाभहरू बढ्दै : विश्वव्यापी उत्तरदाताहरू
सातौँ वर्ष आयोजना भइरहेको चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) ले लगातार नयाँ कीर्तिमान कायम गरेको छ जसमा १२९ देश र क्षेत्रका ३ हजार ४९६ प्रदर्शक, फच्र्युन ग्लोबल र उद्योगका अग्रणी कम्पनीहरूले सहभागिता जनाएका छन् । त्यस्तै, १८६ कम्पनी तथा संस्थाहरूले लगातार सहभागिता जनाएका छन् ।
यसैबिच सीजीटीएनले हालै ३३ हजार ८५८ विश्वव्यापी उत्तरदाताहरूबिच एउटा सर्वेक्षण गरेको छ । सर्वेक्षणमा सहभागीहरूमध्ये करीब ६७ प्रतिशतले चीन खुला र प्रतिस्पर्धात्मक स्वतन्त्र बजारतर्फ उन्मुख भएको ठानेका छन् । अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियामा समान दृष्टिकोण राख्ने उत्तरदाताहरूको प्रतिशत क्रमशः ८६.६ प्रतिशत, ८८.२ प्रतिशत, ७७.९ प्रतिशत र ७८.६ प्रतिशत रहेको छ ।
खुलापन सीआईआईईको मूल अवधारणा हो र चिनियाँ शैलीको आधुनिकीकरणको अलग पहिचान हो । चिनियाँ भन्सार तथ्याङ्कका अनुसार यस वर्षको पहिलो तीन त्रैमासिकमा चीनको कुल आयात र निर्यात मूल्य नयाँ उचाइमा पुगेको छ, प्रत्येक त्रैमासिकमा १० ट्रिलियन युआन नाघेको छ ।
सर्वेक्षणमा साढे ७७ प्रतिशत उत्तरदाताहरूले चीनको व्यापारिक वातावरण लगानीकर्ताहरूका लागि आकर्षक रहेको महसुस गरेका छन् । त्यस्तै, ७३ दशमलव ९ प्रतिशत विश्वव्यापी उत्तरदाताहरूले आफ्ना देश र चीनद्वारा सुरु गरिएका अन्तर्राष्ट्रिय सहयोग परियोजनाहरूमा भाग लिने कम्पनीहरूलाई समर्थन गरेका छन् ।
साढे ७८ प्रतिशत उत्तरदाताहरू विश्वास गर्छन् कि उनीहरूका देशले चीनसँगको व्यापारबाट फाइदा लिन्छन् र तिनीहरू दृढताका साथ विश्वास गर्छन् कि चीनको उच्च स्तरको खुलापनले व्यापार साझेदारहरूको लागि फराकिलो बजार अवसरहरू ल्याउनेछ ।
यसबाहेक करीब ८४ प्रतिशत उत्तरदाताहरूको विचारमा विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृङ्खलाको स्थिरताको लागि चीन महत्वपूर्ण छ ।
लगातार सात वर्षदेखि आयोजित सीआईआईईले प्रत्येक संस्करणको साथ विश्वलाई नयाँ दृष्टिकोण दिने गरेको छ । अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादनको रूपमा यसको भूमिका बढ्दो रूपमा स्पष्ट भएको छ भने ग्लोबल साउथका प्रदर्शकहरूले विशेषगरी यसको प्रभाव महसुस गरेका छन् । सीआईआईईले तान्जानियाबाट काजू, रुवान्डाबाट खुर्सानी र जाम्बियानबाट मह चिनियाँ घरपरिवारमा ल्याउँदै विश्वव्यापीकरण प्रक्रियालाई प्रतिबिम्बित गरेका छन् । यस वर्षको एक्स्पोले ३७ अति कम विकसित देशहरूका लागि १२० भन्दा बढी निःशुल्क प्रदर्शनी बुथहरू उपलब्ध गराएको छ । यसले कम विकसित देशहरूमा एकपक्षीय खुलापन विस्तार गर्न मद्दत गरेको जनाइएको छ ।
आयात एक्स्पो कसरी पुनर्जीवित भयो ?
सातौँ चीन आयात एक्स्पो नोभेम्बर ५ देखि ११ तारिखसम्म चीनको साङ्घाईमा आयोजना भइरहेको छ । १५२ देश, क्षेत्र र अन्तर्राष्ट्रिय सङ्गठनका नेताहरू तथा राजनीतिक, व्यापारिक र शैक्षिक प्रतिनिधिहरूले यस एक्स्पोको उद्घाटन समारोहमा भाग लिएका छन् ।
१२७ देश तथा क्षेत्रका ३ हजार ४ सय ९६ प्रदर्शकहरूले यस प्रदर्शनीमा भाग लिएका छन् । यसपटक सहभागी देश तथा क्षेत्रहरू र कम्पनीहरूको सङ्ख्या अघिल्लोको भन्दा बढी छ । विश्वका शीर्ष ५०० उद्योगका २ सय ९७ अग्रणी उद्यमहरू छन् भने ऐतिहासिक उच्च रेकर्ड सिर्जना गरिएको छ । चम्किला तथ्याङ्कहरूले पुष्टि गर्दछन् कि चीन बजारको ‘चुम्बकीय आकर्षण’ र चीनले सबै पक्षहरूसँग खुलापन, सहयोग र पारस्परिक लाभ र जीत–जीत परिणामहरू प्राप्त गर्ने इच्छा जाहेर गरेको छ । तथ्याङ्कले देखाउँछ कि अघिल्ला ६ वटा आयात एक्स्पोहरूमा लगभग २ सय ५०० प्रतिनिधि नयाँ उत्पादन, नयाँ प्रविधि र नयाँ सेवाहरू अनावरण गरिएका थिए जसको सञ्चयी उद्देश्य लेनदेन मात्रा ४२० अर्ब अमेरिकी डलरभन्दा बढी थियो, जसले बहुराष्ट्रिय कम्पनीहरूको लागि व्यापक विकास अवसर सिर्जना गर्यो ।
हाल चीन सरकारले आन्तरिक मागको सम्भाव्यतालाई अगाडि बढाउन परिमार्जनशील नीतिहरू अगाडि सारेको छ । यस एक्स्पोमा चीनले संस्थागत खुलापनलाई थप विस्तार गर्ने, अन्तर्राष्ट्रिय उच्चस्तरको आर्थिक र व्यापार नियमहरूसँग सक्रियरूपमा पङ्क्तिबद्ध गर्ने र स्वतन्त्र व्यापार बजारको विस्तार गर्ने बताएको छ ।
फराकिलो परिप्रेक्ष्यबाट हेर्दा विश्वको आर्थिक सुधार सुस्त रहेको र केही देशहरू ‘डिकपलिङ र विच्छेदन’ को पृष्ठभूमिमा एक्स्पोले खुला विश्व अर्थतन्त्र निर्माणको लागि एक बहुमूल्य प्लेटफर्म निर्माण गरेको छ । सबै पक्षहरूको सहयोग र सहमतिले चीन र ‘दक्षिणी विश्वका’ देशहरूको साझा विकासलाई नयाँ गति दिएको छ र संरक्षणवादको प्रतिरोधको विरुद्ध प्रभावकारीरूपमा पाइला चालेको छ । ‘नयाँ युग, साझा भविष्य’ – यो आयात एक्स्पोको विषयवस्तु र विश्वप्रति चीनको दृढ प्रतिबद्धता हो । ‘विश्वमा किन्ने, संसारमा बेच्ने’, ‘प्रदर्शनी वस्तुमा परिणत हुने, प्रदर्शकहरू लगानीकर्तामा परिणत हुने’ देखि, नयाँ उत्पादक शक्तिहरूको विकाससम्म हरेक आयात एक्स्पोले नयाँ विचारधारा देखाएको छ । अपरिवर्तनीय र विदेशका लागि चीनको खुलापनको भावना पनि प्रकट भएको छ ।
सीआरआईबाट
Leave a Reply