हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २७ कार्तिक । भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
महोत्सवकै अवसरमा बाँसुरी बाजा प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ५० हजार, दोस्रो पुरस्कार रु. ४० हजार, तेस्रो पुरस्कार रु. ३० हजार र सान्त्वनालाई रु. २० हजारसहित वाद्यवादनका सामग्रीसहित व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो ।
बैठकमा प्रमुख प्रजापतिले भक्तपुर महोत्सव प्रचारप्रसारको समय १ महिनामात्र बाँकी रहेको हुँदा भक्तपुर महोत्सवअन्तर्गत गठित विभिन्न समिति र उपसमितिहरू महोत्सव केन्द्रित गतिविधि र प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने पाँचदिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरू गठन गरिएको सोही क्रममा जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले महोत्सवलाई व्यवस्थित र भव्यरूपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको बताउँदै महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधिमार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरूबारे सङ्क्षेपमा जानकारी दिनुभएको थियो ।
Leave a Reply