अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दसैँलगत्तै काठमाडौँ उपत्यकामा चिसो ह्वात्तै बढेको छ । चिसोका बेला वायु प्रदूषण पनि बढ्ने भएकोले श्वासप्रश्वासजन्य रोग, विशेषगरी दमको समस्या भएका बिरामीलाई बढी प्रभाव पर्ने गर्छ ।
दम छातीसम्बन्धी रोग हो । फोक्सोमा हावा जाने नलीहरूमा अवरोध भई उत्पन्न हुने समस्या नै दम हो । दमका रोग विभिन्न किसिमका हुन्छन् । कसैलाई क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) भनिन्छ भने कसैलाई आस्थामा भनिन्छ । कस्तो समस्या भएको भन्ने बिरामीको परीक्षण गरेर पहिचान गर्ने गरिन्छ ।
किन हुन्छ दम ?
दम विभिन्न कारणबाट हुने गर्छ । धुँवा, धुलो, धूमपान तथा वातावरणीय अवस्थाका कारणबाट दम लाग्न सक्छ । विशेषगरी, धुँवाधुलो, सडक तथा उद्योगमा काम गर्नेहरू दमको जोखिममा पर्छन् । वातावरणीय प्रदूषण तथा घरबाट निस्कने धुँवाधुलो पनि दमको कारक बन्न सक्छ ।
लक्षण
सामान्यतः बसिराखेको अवस्थामा पनि स्वाँ–स्वाँ हुने, अलि–अलि काम गर्दा पनि श्वास बढेजस्तो हुने, खोकी बेलुकी अलि बढी लाग्ने, खकार बढी आउने, खकारको रङ्गमा परिवर्तन भएको छ र सामान्य औषधि खाँदा पनि सन्चो हुँदैन भने दमका लक्षण हुनसक्छ, डाक्टरसँग परामर्श लिनुपर्छ ।
बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने ?
बारम्बार रुघा लाग्दैमा दमको लक्षण नै हो भन्न मिल्दैन । तर, बारम्बार खोकी लाग्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । खोकीमा पनि उमेर युवा अवस्थाको छ भने दम भनिहाल्न मिल्दैन । त्यस्तोमा ब्रोङकाइटिसमात्र भएको पनि हुनसक्छ ।
तर, उमेर ४० वर्षमाथि छ, बारम्बार खोकी लागिरहन्छ भने परीक्षण गर्नुपर्छ । यसका लागि एक्स–रेबाट पल्मोनरी फङ्सन टेस्ट गरिन्छ, जसबाट क्रोनिक हो कि एक्युट हो कि भनेर छुट्याउन सकिन्छ ।
सीढी चढ्दा हुने स्वाँ–स्वाँ दमको लक्षण हो ?
अलिकता स्वाँ–स्वाँ हुनेबित्तिकै दम नै भयो भन्ने हुँदैन । स्वाँ–स्वाँका कारण धेरै हुन्छन् । कहिलेकाहीँ मुटु, कलेजो, मिर्गौलाको समस्याको कारण पनि स्वाँ–स्वाँ हुन्छ । यस्तै, एन्जाइटीका कारणले पनि स्वाँ–स्वाँ बढ्ने गरेको पाइन्छ । बिरामीलाई श्वास फेर्न गा¥हो भएको छ भने के भएको हो भनेर पहिचान गर्न सबैभन्दा पहिला हिस्ट्री थाहा पाउनु र परीक्षण गर्नु आवश्यक छ ।
रुघाको खोप कस्तो उमेर समूहकालाई लगाइन्छ, यसले कसरी दम हुनबाट बचाउँछ ?
यो खोप सबै उमेर समूहका लागि लगाइन्छ । कसैलाई दीर्घरोग लागेको छ, रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या छ, उमेर पनि ४० वर्षभन्दा बढी छ भने उनीहरूले लगाउनु लाभदायी हुन्छ । आजकल बच्चाहरूलाई पनि लगाइन्छ, किनभने शिशुहरूलाई घ्यारघ्यार हुने, रुघा लाग्ने, ज्वरो आउनेजस्ता कारणले गर्दा रोकथामका लागि लगाउने गरिन्छ ।
कुनै पनि खोपले समस्या छिटो छिटो हुनबाट जोगाउँछ ।
केही समस्या छैन भने खोप नलगाउन पनि सकिन्छ । तर, एकचोटि लगाइसकेको व्यक्तिलाई भने बर्सेनि लगाउँदा राम्रो हुन्छ । निरन्तरता नहुँदा खोप प्रभावकारी नहुन पनि सक्छ ।
उपचार र स्याहार
दम छ भने लङ फङ्सन टेस्ट गरेर क्लिनिकल परीक्षणको आधार र बिरामीको हिस्ट्रीका आधारमा औषधि दिइन्छ । परीक्षणका लागि महत्वपूर्ण कुरा भनेको एक्स–रे र लङ फङ्सन टेस्ट नै हुन्छ । परीक्षणका लागि नयाँ नयाँ प्रविधि आएका छन् । सबैले ती गर्न नसक्लान् । उनीहरूका लागि उपचारका अरु विकल्प पनि छन् ।
फोक्सोको स्याहारका लगि महत्वपूर्ण कुरा भनेको नियमित शारीरिक अभ्यास हो । ४५ मिनेटदेखि १ घण्टासम्म नियमित अभ्यास गर्न सकिन्छ । अर्को, महत्वपूर्ण कुरा त धूमपान छाड्नु नै हो ।
तपाईंँलाई थाहा छ ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा विश्वभर २६ करोड २० लाख मानिस दम रोगबाट प्रभावित भएका थिए, जसमध्ये ४ लाख ५५ हजारको मृत्यु भएको थियो । अधिकांश मृत्यु न्यून तथा मध्य आय भएका मुलुकमा हुने गर्छन् जहाँ रोग पहिचान र उपचार सहज छैन । यस्तै, अमेरिकामा २ करोड ८० लाख मानिसहरूलाई दम छ । अर्थात्, प्रत्येक १२ जनामध्ये एक जनालाई दमको समस्या छ ।
नेपालमा भने प्रतिवर्ष १६ हजार मानिसको मृत्यु दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका कारण हुने गरेको तथ्याङ्क छ ।
(डा. गुप्ता नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ हन् ।)
Leave a Reply