भर्खरै :

सी चिनफिङद्वारा सुन यात–सेन विश्वविद्यालय स्थापनाको १०० औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई पत्र

सी चिनफिङद्वारा सुन यात–सेन विश्वविद्यालय स्थापनाको १०० औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई पत्र

पेइचिङ, २७ कार्तिक (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले नोभेम्बर १२ तारिख एउटा बधाई पत्र पठाउँदै सुन यात–सेन विश्वविद्यालय स्थापनाको १०० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी र देशी तथा विदेशी सहपाठीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले नयाँ शुरूवातमा उभिँदा सुन यात–सेन विश्वविद्यालयले नयाँ युगको विशेषतायुक्त समाजवादी विचारधाराबमोजिम लाल जीनको उत्तराधिकार गर्दै देशका लागि अझ बढी उत्कृष्ट व्यक्ति हुर्काउनसक्ने आशा प्रकट गर्नुभएको छ । यसका अतिरिक्त देशका महङ्खवपूर्ण रणनीति, क्वाङ तुङ, हङकङ र मकाउ विशाल खाडीको विकास चाहनामा नजर पु¥याएर चिनियाँ विशेषता बोकेको विश्वको पहिलो स्तरीय विश्वविद्यालयको स्थापना गर्न र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउनका लागि सुन यात–सेन विश्वविद्यालयले अझ ठूलो योगदान गर्दैजाने शुभेच्छा पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ ।
सुन यात–सेनले स्थापना गर्नुभएको सुन यात–सेन विश्वविद्यालयको १०० औँ वार्षिकोत्सव समारोह १२ तारिख बिहान क्वाङ चौ शहरमा आयोजना गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् क्वाङ तुङ प्रान्तीय समितिका सचिव क्वाङ खुन मिङले सो समारोहमा राष्ट्राध्यक्ष सीको बधाई पत्र सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ‘ग्लोबल साउथ’ मिडिया थिंकट्यांक उच्चस्तरीय मञ्चलाई शुभकामना पत्र
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ११ का दिन ‘ग्लोबल साउथ’ मिडिया थिङ्कट्याङक उच्चस्तरीय मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ । विश्वका व्यापक दक्षिण देशहरूसँगै मिलेर वास्तविक बहुपक्षीयवादको पालन गर्ने, समान र व्यवस्थित विश्व बहुध्रुवीयता, समावेशी र लाभदायक आर्थिक विश्वव्यापीकरणको प्रवद्र्धन गर्ने र मानवजातिको साझा भाग्य समुदायको निर्माणका लागि हातेमालो गर्ने इच्छा चीनले लिएको उहाँले औँल्याउनुभएको छ ।
संसारको शतवार्षिकी परिवर्तनशील परिदृश्यमा आधुनिकीकरणको सपना साकार गर्दै अन्तर्राष्ट्रिय अनुशासनलाई अझ न्यायपूर्ण र उचित दिशातर्फ अगाडि बढाउनु विश्वका दक्षिण देशहरूको पवित्र ऐतिहासिक जिम्मेवारी हुनुका साथै र विश्व साउथ मिडिया थिङ्कट्याङ्कको युगको साझा चुनौती पनि भएको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ ।
‘ग्लोबल साउथ’ मिडिया थिङ्कट्याङ्क उच्चस्तरीय मञ्च सोही दिन ब्राजिलको साओ पाउलोमा सुरु भएको छ । यस मञ्चको शीर्षक ‘ग्लोबल साउथ’ को मुख्य नारा गाऔँ, विकासको पुनर्जागरणको नयाँ यात्रा आरम्भ गरौँ रहेको छ । सोही दिन ब्राजिलका राष्ट्रपति लुलाले पनि मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *