अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ कार्तिक । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा यहीँ आउँदो मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको बताउँदै महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको अर्को उद्देश्य रहेको उल्लेख गर्दै उहाँले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेका अमूल्य सम्पदाहरूकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको बताउनुभयो ।
भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरू प्रदर्शन गर्ने अवसरको रूपमा सञ्चालन गरिने बताउनुभयो ।
२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रूपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उहाँले सिङ्गो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरूबाट आवश्यक प्रचारप्रसारमार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरूबारे सङ्क्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्यरूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपाली भाषा र अङ्ग्रेजी गरी तीनवटा भाषा प्रकाशन भएको अवगत गराउनुभयो ।
उहाँले महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउँदै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरू दिनुभएको थियो ।
Leave a Reply