अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बझाङ, कार्तिक २८ । नेपाल मजदुर किसान पार्टीको आयोजनामा जिल्लाको उत्तरी भेग सुर्मा गाउँपालिका वडा नं. ४ का अल्का र थुकुन्नडा गाउँमा स्थानीय शिक्षक, किसान, महिला र युवाहरूको भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले राजनीति व्यवसाय नभई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने माध्यम हो भन्नुभयो । उहाँले काङ्ग्रेस, माओवादी र एमालेले जनताको हितमा काम गर्न नसकेको प्रस्ट पार्दै भूमिहीन किसानहरूको स्वामित्वमा जग्गा वितरण गर्नु नै क्रान्तिकारी भूमिसुधार हो भन्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले समाजवादी व्यवस्थामा नागरिकका सबै आवश्यकता राज्यले पूरा गर्ने र नागरिकले देशको विकास र प्रगतिका लागि निःस्वार्थपूर्वक योगदान गर्ने चर्चा गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य बजिर सिं विश्वकर्माले नेपाल मजदुर किसान पार्टीको इतिहासबारे जानकारी दिँदै देशको सार्वभौमिकता रक्षा र कामदार जनताको हितमा पार्टीले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले गरिब जनताको घरदैलोमा पुगेर जनताको समस्या बुझ्ने र जनताकै साथ र सहयोगमा काम गर्ने पार्टीको नीति रहेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले शासक दलहरूका देशघाती क्रियाकलापकै कारण जनतामा निराशा बढेको उल्लेख गर्दै कामदार जनताकै बिचमा समाजवादी प्रचार अभियान चलाइरहेको बताउनुभयो ।
पार्टी सुदूरपश्चिम समितिका सदस्य रमेशकुमार रावलले नेमकिपा माक्र्सवादी सिद्धान्तबमोजिम कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित पार्ने कार्य गरिरहेको बताउनुभयो ।
Leave a Reply