लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
काठमाडौँ, २८ कार्तिक । ख्वप इन्जिनियरिङ कलेजको २३ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १६ औँ वार्षिकोत्सवको अवसरमा कलेजको संयुक्त आयोजनामा अन्तरकलेज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता २०८१ को कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालको आतिथ्यमा काठमाडौँस्थित मूलपानी क्रिकेट खेल मैदानमा बुधबार उद्घाटन कार्यक्रम भयो ।
रेफ्रि धर्म शाक्यलाई खेलकुद सामग्री हस्तान्तरण भएको सो कार्यक्रममा ख्वप ई. कलेजका प्राचार्य सुजन माकले खेल मित्रता, अनुशासन र लगनशीलताको साथै स्वास्थ्यको लागि खेल्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूबाट देशको नाम चलेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्न विद्यार्थीहरूलाई अनुशासित र इमानदार व्यक्ति तयार गर्न कलेजले नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । पहिलोपटक टी–ट्वेन्टी टुर्नामेन्ट प्रतियोगिता भएकोमा खुसी व्यक्त गर्दै उहाँले खेल हार र जीतको लागि नभई एक आपसमा सद्भाव र भाइचाराको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
कलेजका उपप्राचार्यद्वय सुवेगमान बिजुक्छेँ र रत्नशोभा प्रजापति तथा पुस्तकालय अधिकृत विष्णुप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रमको पहिलो खेलमा ख्वप उमाविले ख्वप ई. कलेजलाई र ख्वप कलेज अफ इन्जिनियरिङले ख्वप कलेजलाई पराजित ग¥यो ।
आजको फाइनल खेलमा ख्वप उमावि र ख्वप कलेज अफ ई.को खेल हुनेछ ।
Leave a Reply