नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
काठमाडौँ, २९ कार्तिक । सन् २०१९ मा संरा अमेरिकाको मानव अधिकारबारे एउटा प्रतिवेदन सार्वजनिक भयो । सो प्रतिवेदनमा रिपब्लिकन पार्टी सधैँ व्यक्तिको नाममा बन्दुक राख्न दिने विचारको समर्थनमा रहेको उल्लेख थियो । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको जीतपछि अर्को एउटा तथ्याङ्क प्रकाशित भयो । सो तथ्याङ्कमा ट्रम्पले जितेका ३२ ओटा राज्यमा प्रतिलाख बन्दुक हिंसा २९.६ प्रतिशत भएको सार्वजनिक भयो । जब कि डमोक्रेटबाट राष्ट्रपति उम्मेदवार ह्यारिस जितेका १९ (डीसीसमेत) ओटा राज्यमा बन्दुक हिंसा ३.७ प्रतिशतमात्र थियो ।
संरा अमेरिकाको संविधानमा ‘एउटा स्वतन्त्र राज्यको सुरक्षाको लागि आवश्यक व्यवस्थित मिलिसियाको रूपमा हतियार राख्न पाउने मानिसको अधिकारलाई कसैले खोस्न सक्दैन ।’ यो प्रावधान संरा अमेरिकाको संविधानमा सन् १७९२ मा थपिएको थियो । बेलायती उपनिवेशबाट भर्खर स्वतन्त्र भएको संरा अमेरिकामा त्यतिबेला बन्दुक राख्न पाउने अधिकार जरूरी थियो होला । एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको युगमा बन्दुक राख्न पाउने अधिकारभन्दा पनि मानिसको सांस्कृतिक स्तर उँचो बनाइनु जरूरी छ । चुनाव प्रचारमा ट्रम्पलाई गोलीसमेत लागेको थियो ।
अमेरिकी प्राध्यापक एवम् लेखक नोम चोम्स्कीले रिपब्लिकन र डेमोक्रेटको नाममा दुई शोषकवर्गको पार्टीले अमेरिकी जनतालाई पालैपालो शोषण गरिरहेको बताउनुभएको हो; अहिले यही भइरहेको छ । अमेरिकी आदिवासी, अफ्रिकी ल्याटिन अमेरिकी र एसियाली अमेरिकीहरू यी दुई शोषकवर्गको पार्टीबाट शोषित र शासित छन् । ट्रम्प राजनीतिक पृष्ठभूमि नभएका गोरा जातिका उद्योगी व्यापारी हुन् । अमेरिकाको प्रतिनिधिसभामा ७३ प्रतिशत गोरा महिला सांसद छन् भने सिनेट (राष्ट्रिय सभा) मा गोरा महिला २१ जना छन् । अमेरिकामा २४८ वर्षदेखि राष्ट्रपति प्रणालीको अभ्यास हुँदै आएको भए पनि १०५ वर्षअघिसम्म महिलालाई मताधिकार थिएन । रिपब्लिक र डेमोक्रेट पार्टीभित्र महिला उम्मेदवार राष्ट्रपतिलाई उठ्न नदिने वा हराउने भइरहेको छ । यसपटक ह्यारिसको उम्मेदवारी बाइडेनले छाडेपछि कायम भएको थियो भने सन् २०१६ मा हिलारी क्लिन्टनमात्र डेमोक्रेटिक पार्टीभित्रको उम्मेदवारीमा जित पाएका हुन् ।
ट्रम्पजस्ता उद्योगी–व्यापारीसँगै ३४ ओटा फौजदारी मुद्दामा हारेका व्यक्ति अमेरिकी राष्ट्रपतिमा पुनः आउनु विश्वमा अमेरिका खुम्चदै जानु हो । ट्रम्पसँग शिक्षा, स्वास्थ्य, पर्यटन, नागरिक सुरक्षा र स्थायी विश्व शान्तिबारे स्पष्ट खाका छैन । हतियार उद्योगलाई विश्वबाटै हटाउन ट्रम्पले कुनै कदम उठाउने छैन, बरू मौका मिले आफै हतियार उद्योगमा लाग्ने अवस्थालाई अस्वीकार गर्न सकिँदैन ।
ट्रम्पले शिक्षालाई राज्यको जिम्मेवारीमा दिने बोलिसके । यसको अर्थ अमेरिकी शिक्षा प्रतिस्पर्धी नहुने र खस्कँदै जाने हो । शुभलाभका ट्रम्पले संसारका बाँकी देशबाट पढेलेखेकाहरूलाई डीभीमार्फत आफ्नो देशमा ल्याउने हो । उनले अमेरिकाको शैक्षिक उपाधी पाएकालाई स्थायी बसोबास अनुमतिपत्र दिने पनि घोषणा गरे ।
ट्रम्पले अमेरिकी सरकारको खर्च कटौती गर्ने नाममा अर्का उद्योगीद्वय एलन मस्क र विवेक रामस्वामीलाई सरकारको कार्यकुशलता विभागको जिम्मा लगाउने पनि बताइसके । विजयी सभामा ट्रम्पले मस्कलाई नयाँ ताराको संज्ञा दिँदै मस्कको स्वामित्वमा रहेको स्पेस एक्सको चर्चा गरे । मस्कले ट्रम्पलाई जिताउन सयौँ बिलियन डलर खर्च गरेको सार्वजनिक भइसकेको छ । केही विश्लेषकहरूले मस्क आफै ठुलो शुभलाभमा जोडिएको हुँदा ट्रम्पको लागि जोखिम बन्न सक्ने बताउँछन् ।
यसैबिच अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पुगेर ट्रम्पले बाहिरिन लागेको राष्ट्रपति बाइडेनसँग छलफल गरे । बाइडेनको दलले शान्तिपूर्ण सभा हस्तान्तरण गर्ने यसअघि नै बताएको थियो । सन् २०२१ को राष्ट्रपति चुनावमा बाइडेनको जीतपछि ट्रम्पले क्यापिटल हिलमा रहेको संसद् भवनमा आक्रमण गरेका थिए ।
Leave a Reply