रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २९ कार्तिक । प्रवासबाट फर्केका चिनियाँहरूको महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुरको दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभएको थियो । टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैलीले स्वागत गरिएको थियो ।
नगर प्रमुख प्रजापतिले चिनियाँ नेताहरूले भक्तपुरलाई प्राथमिकतामा राखेर भ्रमण गरेकोमा खुसी व्यक्त गर्दै भक्तपुर नपाले यहाँका कला संस्कृति संरक्षणलाई विशेष ध्यान दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध यस्ता भ्रमणले थप मजबुत हुँदै जानेछ ।”
भ्रमणको क्रममा प्रवासबाट फर्केका चिनियाँहरूको महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनले सभ्यता र सांस्कृतिको आदानप्रदानमार्फत देशहरूबिचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो सांस्कृतिक जग भएको कलात्मक सहर हो भन्नुभयो । उहाँले चीन–नेपालबिचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ भन्नुभयो ।
सांस्कृतिक आदानप्रदानमार्फत चीन र नेपालबिचको सम्बन्धलाई अझ अगाडि बढाउनुपर्ने धारणा राख्दै उहाँले भक्तपुरको सम्पदा संरक्षणको कामबाट हामी धेरै प्रभावित छौँ भन्नुभयो ।
प्रमुख प्रजापतिले उपाध्यक्ष स्युएयुआनलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा महासङ्घका चु ल्यउ, लीन सियाओफान, चाओ रुओछन्, वाङ सङ हुई र चिनियाँ दूतावासबाट काउन्सेलर छिन वनछ, वाङ तोङ, नेपाल प्रवासी चिनियाँ सङ्गठनका अध्यक्ष चीन सियाओतोङलगायतको उपस्थिति थियो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुब्र्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर, तालाक्व क्षेत्रमा मृत्तिकाकलाको अवलोकन गरेको थियो ।
Leave a Reply