भर्खरै :

जाजरकोट नलगाडमा नेमकिपा नगर समिति गठन

जाजरकोट, २९ कार्तिक । जाजरकोट जिल्ला नलगाड नगरपालिका दल्लीमा पार्टी समर्थकहरूको एक भेला बिहीबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य हरिबहादुर बोहराले मजदुर किसानहरू बहुमत हुँदाहुँदै पनि जालझेल षड्यन्त्र गरी पुँजीवादी शासक दलहरूले जनतामाथि शासन गरेको बताउँदै अधिकार पाउनको लागि सङ्गठित हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका पूर्वसचिव धनेन्द्र विकले पुँजीवादी समाजमा पुँजीले सबै समाजलाई मुट्ठीमा राख्ने भएकोले कामदार जनता सचेत र सङ्गठित भएर अधिकारको निम्ति आवाज उठाउन अघि सर्नुपर्ने बताउनुभयो ।
भेलामा विष्णु शर्माले विभिन्न संस्थाले ल्याएको राहत पनि वास्तविक पीडितलाई नदिएको गुनासो पोख्नुभयो । प्रकाश विकले वास्तविक पीडित अहिले पनि पीडितै भएको बताउनुभयो । दीपक विकले भूकम्पले पीडित जनतालाई दिनुपर्ने टहराको रकम नदिएको गुनासो राख्नुभयो ।
भेलाले प्रकाश विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय नेपाल मजदुर किसान पार्टी नलगाड नगर समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *