अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बाँके, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता एवं महिला नेतृ गोमादेवी शाहीको छैटौँ स्मृतिमा बुधबार कोहलपुरमा एक कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टी कोहलपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले देश र जनताको सेवामा इमानदारीपूर्वक लाग्ने कार्यकर्ताहरूलाई पार्टीले सधैँ सम्झिरहने बताउनुभयो ।
व्यक्तिगत स्वार्थभन्दा सामाजिक स्वार्थमा ध्यान दिने पक्ष नेतृ शाहीबाट सिक्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेमकिपा कोहलपुर नगर अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनकुमार शाही, हिराबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply