हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चिनियाँ भाषा तालिम तह २ र ३ को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले चिनियाँ भाषा सिक्न गा¥हो भए पनि असम्भव भने नभएको धारणा राख्दै गा¥हो काम गर्नेले नै भविष्यमा सफलता हासिल गर्ने बताउनुभयो ।
उहाँले नेपाल र चीनबिचको राजनैतिक, कूटनैतिक र सांस्कृतिक सम्बन्धलाई अझ सुमधुर बनाउन विभिन्न तहका चिनियाँ भाषा सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “प्रशिक्षार्थीहरूलाई राम्रो शिक्षा हासिल गर्न कठिन मेहनतको आवश्यक पर्छ । भाषाको माध्यमबाट दुई देशबिचको सांस्कृतिक आदानप्रदानमा पनि टेवा पुग्नेछ ।
नेपालमा चिनियाँ पर्यटकहरूको आगमन दिनप्रतिदिन बढ्दै गइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले देश र समाजको सेवा गर्ने दक्ष जनशक्ति उत्पादनमा भनपाले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
भाषा तालिम सञ्चालनले चिनियाँ साहित्य अनुवादक तयार हुने अपेक्षा छ । विदेशी भूमिबाट सिकेर आफ्नै देशको सेवा गर्ने युवा जनशक्ति देशलाई आवश्यक छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
प्रशिक्षकद्वय राजेन्द्र चवाल र विनय हाडाले नयाँ पुस्ता विदेशी भाषा सिकाउने अवसरको लागि नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्दै प्रशिक्षार्थीहरूमा स्वअध्ययनको बानीको विकासको लागि प्रेरित गर्नुभयो । उहाँहरूले भाषा अध्ययनले विदेशी कला र संस्कृतिप्रति लगाब बढ्दै जाने धारणा राख्दै प्रशिक्षार्थीहरूलाई भाषाको गहिरो अध्ययन गर्ने उद्देश्यले भाषा सिक्न अभिप्रेरित गर्नुभयो ।
प्रशिक्षार्थीहरू कृति शाक्य, विश्वनारायण भैल, श्रद्धा कोजु, सुजी ह्योंगोले चिनियाँ भाषा तालिमबारे आफ्नो अनुभव र चिनियाँ गीत प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख प्रजापतिले प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षकद्वय राजेन्द्र चवाल र विनय हाडालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तालिम संयोजक दीपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply