जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
दैलेख, ३ मङ्सिर । मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा दैलेख जिल्ला महाबु गाउँपालिकाको अध्यक्ष पदको लागि नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य दुर्गबहादुर मगर र दुल्लु नपा वडा नं. १३ को वडा अध्यक्ष पदको लागि पूर्णप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
महाबु गाउँपालिकामा नारा जुलुससहित उम्मेदवारी दर्तापछि सभा भएको थियो । सो कार्यक्रममा उम्मेदवार दुर्गबहादुर मगरले मादलमा मतदान गर्न अपिल गर्दै विजयी गराएमा देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेमकिपा चामुण्डा नगर पार्टी अध्यक्ष निरकबहादुर शाहीले देशलाई २६ खर्बको ऋणमा डुबाएर भ्रष्टाचार गर्ने र देशलाई बर्बाद गर्नेहरू हराउन मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जगत वलीले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा निर्वाचनबाट समाजवाद आउँछ भन्ने कुरामा विश्वास गर्दैन† नेमकिपाले लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्य लिएको छ ।”
यसैबिच नेपाल मजदुर किसान पार्टी महाबु गाउँ समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा नेमकिपाका दैलेखका जिल्ला अध्यक्ष जगत वलीले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको हुँदा कार्यकर्ताहरूले पार्टीको नीति र सिद्धान्तबारे जनतालाई बुझाउन जनतामाझ सक्रिय हुनुपर्छ भन्नुभयो ।
“देशलाई भड्खालोमा पु¥याउने जनघाती र देशघातीहरूको विरूद्धमा सङ्घर्ष जारी राख्नुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा केशेन्द्रप्रकाश कार्की र बमबहादुर सिंहले पनि बोल्नुभएको थियो ।
Leave a Reply