वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत वडा नं ४ स्थित राम मन्दिर खोला परिसर कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम देशकै निम्ति नमुना कार्यक्रम रहेको बताउँदै नागरिकहरूले आफू बस्ने ठाउँ आफै सफा गर्नुपर्ने बताउनुभयो ।
२०७४ सालबाट पाक्षिक नियमित सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउँदै भक्तपुर महोत्सवमा भक्तपुरको कला, रहनसहन, भेषभूषा तथा गतिविधि अन्तर्राष्ट्रिय जगतमा थप चिनाउने प्रयत्न भइरहेको उल्लेख गर्नुभयो ।
नेपालमा आउने करिब २५ प्रतिशत पर्यटकले भक्तपुर अवलोकन गर्ने गरेको तथ्याङ्क बताउँदै प्रमुख प्रजापतिले स्थानीय पाठ्यक्रममार्फत विभिन्न संस्कृति तथा पुरातात्विक महत्वको विषयमा पठनपाठन भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले राममन्दिर धार्मिक तथा ऐतिहासिक महत्वको ठाउँ रहेकोले त्यस क्षेत्रको वातावरण सुधार्ने प्रयासहरू भइरहेको बताउँदै खोलामा फोहर फाल्न नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले नयाँ पुस्ताले सरसफाइबारे व्यवहारिक ज्ञान सिक्नुपर्ने र भक्तपुर महोत्सवमा आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा सदस्य मन्जुमैया लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply