भर्खरै :

भाज्या पुखूको डिलमा फन्को मार्न पाइयो !

भाज्या पुखूको डिलमा फन्को मार्न पाइयो !

भाजुया पुखू, भाज्या पुखू, भाजु पोखरी नामले प्रसिद्ध भाजु पुखूको माथिल्लो डिलको बाटामा फन्को लगाउने अवसर पहिलोचोटि मङ्सिर २ गते प्राप्त भयो । तल्लो डिलहरूमा त धेरैपटक फन्को लगाइसकेको हो । माथिल्लो डिलमा भने दक्षिणी डिलमा क्याम्पसले लगाएको बारको कारण कसैले पनि फन्को लगाउन पाएको थिएन । तर, गएको कार्तिक २ गते भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, त्रिविका रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल, भक्तपुर क्याम्पसका प्रमुख कविता लुइँटेलसहितको बैठकले भाजु पुखूको दक्षिणी डिलमा २० फिटको बाटो खोल्ने निर्णय भएको थियो । त्यसैले मैलेभैmँ धेरैले भाजु पुखूको माथिल्लो डिलमा जीवनमा पहिलो पटक फन्को लगाउन पाएको हुनुपर्छ । भविष्यमा बिनाबाधा–अवरोध सबैले सहज रूपमा फन्को लगाउन पाउने भएको छ । तसर्थ, सबैको तर्फबाट निर्णयकर्ताहरूलाई धन्यवाद छ !
अब दक्षिणी डिलको बाटोमा इँटा या ढुङ्गा छापिने नै छ र बटुवाहरूलाई हिँड्न सहज हुनेछ ।
तर, पोखरीको उत्तरी माथिल्लो डिलमा अझै अतिक्रमणमा परिरहेको महसुस फन्को मारिरहँदा भयो । घर र पसलहरूका बेञ्च, जुठो माभ्mने, सामान थुपार्ने, बिच बाटोमा बिरुवा आदिले मिठो भातमा ढुङ्गा परेजस्तो भयो । दक्षिणीमात्र होइन उत्तरी डिल पनि पोखरीकै अंश भएकोले हाम्रो सम्पदा नयाँ पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न भक्तपुर नपाको ध्यानाकर्षण महोत्सव अगावै हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *