जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
ए सरकार !
भारतीय नागरिकसमेत
नेपालको राजदूत कसरी भए ?
अमेरिकी नागरिकसमेत
नेपाल टेलिभिजनको प्रस्तोता
पार्टीको सभापति र सांसद
गृहमन्त्री कसरी भए ?
६५७ सहकारीको बचत रकम
२ खर्ब ७५ अर्ब रुपैयाँ
ठगी कसरी भयो ?
ठगहरू जेलमा किन थुनिएन ?
जनताको बचत किन फिर्ता भएन ?
ए सरकार ?
भूकम्पको निहुँमा ऋण
कोभिडको बहानामा ऋण
पहिरोको निहुँमा ऋण
२६ खर्ब सार्वजनिक ऋण
ऋण अनुत्पादक क्षेत्रमा खर्च किन ?
ऋण तिर्न ऋण ल्याउने किन ?
धरहरा र भ्युटावर बनाउने किन ?
दाल, चामल, तरकारी, फलपूmल
भारतबाट किन्नुपर्ने किन ?
युवालाई वैदेशिक रोजगारीमा किन ?
के तिमी विदेशबाटै नियुक्ति हो र ?
२०८१ मङ्सिर ७ गते
Leave a Reply