मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
पेइचिङ, ७ मङ्सिर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १३ देखि २१ का दिनसम्म पेरुको लिमामा एपेकको ३१ औँ नेतागणको अनौपचारिक सम्मेलन र ब्राजिलको रियो दि जेनेरियोमा जी २० नेता समूहको १९ औँ शिखर सम्मेलनमा उपस्थित हुनुभयो । सो अवसरमा विभिन्न द्वीपक्षीय तथा बहुपक्षीय कार्यक्रममा ‘साझा विकास’ मुख्य विषय बनेको थियो ।
१६ तारिख बिहानको एपेक ३१ औँ नेताको अनौपचारिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘युगको जिम्मेवारी बाँडफाँड र एशिया–प्रशान्तको विकासलाई संयुक्तरूपमा प्रवद्र्धन गर्ने’ शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । उहाँले हाल विश्वको परिवर्तन तीव्र गतिमा भइरहनुका साथै एसिया तथा प्रशान्त सहयोगसमक्ष भूराजनीति, बढ्दो एकपक्षीयता र संरक्षणवाद जस्ता चुनौतीको सामना गरिरहेको व्यक्त गर्नुभयो । इतिहासमा उभिएर एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकले एकताबद्ध, सहकार्य, जिम्मेवारी लिएर एसिया–प्रशान्त भाग्य समुदायको निर्माणलाई प्रवद्र्धन गरेर एसिया–प्रशान्त विकासको नयाँ युग सिर्जना गर्न प्रयास गर्नुपर्ने दोहो¥याउनुभयो ।
सो दिन दिउँसो अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्दै सी चिनफिङले ठुला देशबिचको प्रतिस्पर्धालाई युगको पृष्ठभूमि बनाउनुहुँदैन भन्दै एकता र सहकार्यले मात्रै कठिनाइलाई पार गर्न सकिने दोहो¥याउनुभयो । ‘अनहुकिङ र शृङ्खला तोड्ने’ समाधान होइन केवल पारस्परिक लाभकारी सहयोगले मात्र साझा विकास हुने व्यक्त गर्नुभयो । ‘साना आँगन र अग्लो पर्खाल’ ठुला मुलुकका कार्य होइनन् केवल खुलापन र साझेदारीले मात्र मानवजातिलाई फाइदा पु¥याउन सकिने पनि सी चिनफिङले बताउनुभयो ।
१८ का दिन बिहान सी चिनफिङले जी २० नेताको १९ औँ शिखर सम्मेलनमा ‘साझा विकासको न्यायपूर्ण संसारको निर्माण’ शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभयो । उहाँले विश्वका ठुला शक्तिका नेताका हैसियतले दृष्टिकोणलाई अस्पष्ट बनाउने बादलदेखि नडराउनुपर्ने भन्दै साझा भविष्य समुदायको भावनालाई जोगाएर ऐतिहासिक जिम्मेवारी काँधमा राखी ऐतिहासिक प्रगतिलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो । साझा विकासको न्यायपूर्ण संसार निर्माण गर्न, गरिबीलाई विगतको कुरा बनाउन र सुन्दर दर्शनलाई वास्तविकता बनाउन सबै पक्षसँग मिलेर काम गर्न चीन इच्छुक रहेको पनि सीले बताउनुभयो ।
हाल विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ भने विश्व अर्थतन्त्रको खण्डीकरण तीव्र भएको छ र आर्थिक भूमण्डलीकरणले प्रतिधाराको सामना गरेको छ । आर्थिक भूमण्डलीकरण सामाजिक उत्पादक शक्तिको विकासका लागि एक वस्तुगत आवश्यकता र वैज्ञानिक तथा प्राविधिक प्रगतिको अपरिहार्य माध्यम बन्न पुगेको छ । केही वर्षयता चीनले क्रमिकरूपमा बेल्ट एन्ड रोड इनिसिएटिभ र मानव भाग्य समुदायको अवधारणा प्रस्ताव गरेको छ जुन विश्वव्यापीकरणसँग मेल खान्छ । भूमण्डलीकरणमा चीनको उत्कृष्ट प्रदर्शनले चीन राष्ट्रको उदय र पुनरुत्थानको लागि उज्ज्वल सम्भावनामात्र सिर्जना गरेको छैन थप विकासोन्मुख देशहरू र साना तथा मझौला आकारका विकसित देशहरूलाई भूमण्डलीकरणबाट विश्वभरका मानिसलाई फाइदा पु¥याउन सकिने देखाएको छ । नेपालका प्रख्यात राजनीतिक अर्थशास्त्री कल्यान रोकाले सीएमजीलाई अन्तर्वार्ता दिँदै भन्नुभएको छ, चीनको उच्च गुणस्तरीय विकासले एसिया तथा प्रशान्तलाई अर्को ‘सुनौलो तीस वर्ष’ हासिल गर्न मात्र नभई नेपाललगायत विश्वको विकासलाई नयाँ गति दिने विश्वास छ ।
सेप्टेम्बर १४ का दिन चीन–पेरु उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ सहयोगको प्रमुख परियोजनाको रूपमा रहेको चान्काइ बन्दरगाहको उद्घाटन समारोह चीन र पेरुका राष्ट्रानायकहरू साक्षीको रूपमा रहेर आयोजना गरिएको छ । बन्दरगाहको निर्माणले क्षेत्रीय इन्टर्कनेक्सन र चीन–ल्याटिन अमेरिका व्यापारिक सम्बन्धलाई प्रवद्र्धन गर्नुका साथै ल्याटिन अमेरिका र क्यारिबियनको समग्र विकास र एकीकरणलाई पनि अघि बढाउनेछ । चान्काइ बन्दरगाहमा राखिएको ‘सबैका बन्दरगाह, सबैका लागि बन्दरगाह’ भन्ने नारा पनि ‘साझा विकास’ को उत्कृष्ट कोशेढुङ्गा बनेको छ ।
Leave a Reply