वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
यो एक्काइसौँ शताब्दी संयुक्त राज्य अमेरिकी साम्राज्यवाद पतनको शताब्दी हुने अड्कल केही दशकअघि नै राजनीतिक विश्लेषकहरूले गरेका हुन् । शक्ति राजनीति शक्तिबाटै अन्त हुन्छ भन्ने भनाइ अमेरिका चारैतिरबाट घेरिएको घटनाले पुष्टि हुँदै छ । साम्राज्यवादी नीतिको विरोध गरिएको निहुँमा दशकौँसम्म आर्थिक नाकाबन्दी गर्ने अमेरिकाले हरेक दिन इजरायलले प्यालेस्टिनमा सहर ध्वस्त गर्दै नरसंहार गरिरहे पनि कुनै कारबाहीको प्रक्रिया अघि बढाएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेको छ । उनलाई युद्ध अपराधी संज्ञा दिँदै मुद्दा दायर पनि गरिएको छ । तर पनि अमेरिका इजरायललाई सेना, शस्त्रअस्त्र सहयोग गरेर युद्धउन्माद बनाउँदै छ; प्यालेस्टिनलाई ध्वस्त पारेर प्यालेस्टिनीबिहीन देश बनाउने मन्त्र बुन्दै छ ।
संसारका सयौँ देशका जनता र सरकार प्रमुखहरूले प्यालेस्टिनमा भएको आक्रमणको विरोध गर्दै छन्; प्यालेस्टिनी जनताको पक्षमा समर्थन र ऐक्यबद्धता जनाउँदै छन् । क्युवामाथि भइरहेको आर्थिक नाकाबन्दी फिर्ता लिने पक्षमा संयुक्त राष्ट्र सङ्घका ९९ प्रतिशत देशका प्रमुखहरूले समर्थन गरे । अमेरिकाको भिटोको कारण त्यो फिर्ता भएन । के यो साम्राज्यवादी देश अमेरिका एक्लिएको पछिल्लो उदाहरण होइन ? आस्थाको आधारमा स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, आक्रमण गर्न सहयोग गर्ने, उक्साउने, आन्तरिक द्वन्द्व चर्काउने काममा अमेरिका लागिपरेको छ । क्युवाली जनताले क्युवाली कम्युनिस्ट पार्टीको नेतृत्वमा अमेरिकी साम्राज्यवादको आक्रमण, अन्तरध्वंस र नाकाबन्दीविरुद्ध सङ्घर्ष गर्दै छन्; ल्याटिन अमेरिका र संसारमै समाजवाद तथा न्यायको लागि लडेर संसारका न्यायप्रेमी जनतालाई उत्साहित बनाइरहेका छन् ।
संरा अमेरिका संसारका विभिन्न मुलुकमा आफ्नो सैन्य राख्दै छ; आक्रमण र द्वन्द्व चर्काउँदै छ; एसियाली र अफ्रिकी देशका सहर–बस्ती, पुल, सडक तथा नरसंहार गर्ने देश साम्राज्यवादी अमेरिका नै हो । संसारका मुलुकलाई आतङ्कित, असुरक्षित गर्दै ध्वंस बनाउने काममा अमेरिकाको हात छ । अमेरिकी सरकारको यस्तै क्रूर, अमानवीय र आतङ्कको कारण विश्वका जनता अमेरिकी सरकारसँग चिढिएका हुन्; अमेरिकी साम्राज्यवादको पतनको दिनगन्ति सुरु भएको हो । संरा अमेरिकाले सुरु गरेको व्यापार युद्धले पनि ऊ एक्लिँदै छ । अन्य देशहरूको अर्थतन्त्रलाई कमजोर बनाएर, एक देश र अर्काे देशबिच द्वन्द्व बढाएर आर्थिक सङ्कट निम्त्याउने काम अमेरिका गर्दै छ । तर पनि संयुक्त राष्ट्र सङ्घ मूकदर्शक छ । संयुक्त राष्ट्र सङ्घले त संरा अमेरिका, युक्रेन र इजरायललाई आर्थिक नाकाबन्दी गर्नुपर्ने हो; ती देशका शासकहरूलाई युद्ध अपराधी घोषणा गरेर अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने हो । विश्वका अरु सबै देश मिलेर अमेरिका र इजरायललाई अलग गर्नुपर्ने हो । के प्यालेस्टिनलाई मानिसबिनाको देश बनाउने अमेरिका र इजरायलको सपना हो ? के प्यालेस्टिनलाई खरानीको देश बनाउने ? लाखौँ मानिस घाइते, लाखौँ प्यालेस्टिनीको नरसंहार, अङ्गभङ्ग बनाइए पनि के संयुक्त राष्ट्र सङ्घ टुलुटुलु हेरेर बस्न मिल्छ ? संसारका अरु स्वाधीन र सार्वभौम देशले इजरायली नरसंहारको विरोधमा जुलुस प्रदर्शन र सभा गरे; लाखौँ लाख जनता उठे । तर, नेपालमा नेमकिपाबाहेक अरु दलले आवाज उठाएनन्; इजरायली आक्रमणको निन्दा गरेनन् । देशको स्वाधीनता, सार्वभौमसत्ता र मुक्तिको निम्ति आवाज उठाउने भनिएका ठुलठुला कम्युनिस्ट पार्टी र सत्तासीन कम्युनिस्ट पार्टीका नेताहरू कुन दुलोमा पसे ?
युद्ध निम्त्याएर हतियार व्यापार गरी देश धनी बनाउने अमेरिकाले जनताको रगत पसिना चुसिरहेको छ । अरु देशमा आक्रमण गराउने र हतियार बेचेर जनताको रगत बगाउने र बगेको रगतमा होलि खेल्ने काम साम्राज्यवादी देश अमेरिका र अमेरिकाको पछि दगुर्ने शासकहरूले गरिरहेका छन् । यो निन्दनीय छ । इजरायली हमला सिरियामा पनि भइरहेको छ । बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार अमेरिकाले भिटो प्रयोग ग¥यो । राष्ट्रपति अब्बासले उक्त भिटोको निन्दा गरेका छन् । राष्ट्रपतिले मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरेका छन् । अमेरिकाले बुधबार गाजामा तत्काल युद्ध विरोधको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा, परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरेपछि संयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले निन्दा गरेका थिए । युद्धविराम नगर्ने अमेरिकी सरकार कसरी शान्तिवादी र प्रजातन्त्रवादी हुन्छ ? स्पष्ट छ, अमेरिकी प्रशासनको कार्यशैलीले अमेरिकी सरकार आतङ्कवादी भएको थाहा हुन्छ । आतङ्क मच्चाउने, आतङ्कित पार्ने र आवश्यक भएमा नाकाबन्दी मात्र होइन हमलै गर्ने देश के आतङ्कवादी होइन ?
Leave a Reply