भर्खरै :

आफ्नो भिटोशक्तिको दुरूपयोग गर्दै संरा अमेरिका निस्सन्देह गाजामा ‘मानवीय विपत्ति सिर्जनाकर्ता’ बनेको छ

आफ्नो भिटोशक्तिको दुरूपयोग गर्दै संरा अमेरिका निस्सन्देह गाजामा ‘मानवीय विपत्ति सिर्जनाकर्ता’ बनेको छ

संरा अमेरिका पुनः एकपटक अन्तर्राष्ट्रिय समुदायको विरुद्धमा खडा भएको छ । बुधबार संरा अमेरिकाले गाजामा युद्धविरामको लागि आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो ग¥यो । गाजामा मृत्यु हुनेको सङ्ख्या ४४ हजारमाथि पुगे पनि यस मुद्दामा अमेरिकाले आफ्नो भिटो शक्ति प्रयोग गरेको यो चौथोपटक हो । सुरक्षा परिषद्का १० गैर–स्थायी सदस्यहरूले पेस गरेको मस्यौदामा तत्काल, बिनासर्त र स्थायी युद्धविरामको साथै सबै बन्धकहरूको तत्काल र बिनासर्त रिहाइको माग गरिएको छ । सुरक्षा परिषद्का १५ सदस्यमध्ये संरा अमेरिकाले मात्रै विपक्षमा मतदान गरेको थियो ।
यो अमेरिकी कारबाहीले फेरि प्रश्न उठाउँछ : वाशिङ्गटनको विवेक जगाउन गाजामा अझै कति निर्दोषहरूले जीवन गुमाउनुपर्छ ? अहिलेसम्म गाजामा ४४ हजारभन्दा बढी मानिसहरू मारिएका छन् र अमेरिका अझै आफ्नो भिटो प्रयोग गर्न हिचकिचाउँदैन ।
गाजाका लगभग २४ लाख बासिन्दाहरू युद्धबाट विस्थापित भएका छन्, जसले एक अतुलनीय मानवीय विपत्ति सिर्जना गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा संरा अमेरिकाले विश्व शान्ति र स्थायित्व कायम गर्ने जिम्मेवारी वहन गर्ने अपेक्षा गरिएको थियो । तर, उसका कार्यहरू भिटो शक्तिको दुरूपयोगद्वारा चिन्हित रहेको छ । यो द्वन्द्वको शान्तिपूर्ण समाधानलाई बढावा दिने विश्वव्यापी प्रयासको विरोधामा छ ।
प्यालेस्टिन–इजरायल द्वन्द्वमा संरा अमेरिकाको दृष्टिकोणले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्लो बनाएको छ । अमेरिकी मिडिया आउटलेट द न्युयोर्क टाइम्सले पनि यो मुद्दामा वाशिङ्गटनको कूटनीतिक एक्लोपनलाई जोड दिएको स्वीकार गरेको छ । फ्रान्स र बेलायतका संयुक्त राष्ट्र सङ्घका निम्ति राजदूतहरूले पनि अमेरिकी भिटोप्रति खुलारूपमा असन्तुष्टि व्यक्त गरेका छन् । फ्रान्सका संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि निकोलस डे रिभिएरले स्पष्टरूपमा भने, “तत्काल र बिनासर्त युद्धविराम लागु गर्न स्पष्ट अत्यावश्यक छ । यो सबै नागरिकहरूको सुरक्षा र आपत्कालीन सहायताको ठुलो र निर्बाध वितरणलाई सुनिश्चित गर्ने एक मात्र तरिका हो ।”
निङ्जिया विश्वविद्यालयको चाइना–अरब रिसर्च इन्स्टिच्युटका कार्यकारी निर्देशक निउ सिन्चुनले ग्लोबल टाइम्ससित भन्नुभयो कि इजरायललाई अमेरिकाको अटुट समर्थनले घरेलु विभाजनमात्र नभएर अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना सहयोगीहरूसँग दरार पैदा गरेकोमा कुनै शङ्का छैन । संयुक्त राष्ट्रसङ्घमा अमेरिका झन्झन् एक्लो बन्दै गएको छ ।
वाशिङ्गटनले बारम्बार मानव अधिकारको रक्षा गर्ने दाबी गरे पनि गाजाको अवस्थाप्रति पूर्णतया उदासीन देखिन्छ । अन्तर्राष्ट्रिय समुदाय सबै बन्धकहरूको बिनासर्त रिहाइ र तत्काल युद्धविरामको आवश्यकतामा सहमत छ । संरा अमेरिका युद्धविराम गर्न पूर्व सर्तमा जोड दिइरहेको छ – गाजामा इजरायलको सैन्य कारबाहीले बन्धकहरूलाई उद्धार गर्ने दायरा नाघेको छ । यो अडानले प्रभावकारीरूपमा युद्धलाई लम्ब्याउन र निरन्तर भइरहेको हत्यालाई क्षमा गर्न हरियो बत्ती दिन्छ ।
संरा अमेरिकाको बारम्बार भिटो युद्धविराम गर्नको लागि सबैभन्दा ठुलो बाधामात्र होइन; संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्भित्रको निष्क्रियताको मूल कारण पनि हो । विश्वको सबैभन्दा आधिकारिक अन्तर्राष्ट्रिय निकायको रूपमा, सुरक्षा परिषद्ले विश्वव्यापी समुदायको तर्फबाट बोल्ने र द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिने प्रस्तावहरूको लागि धक्का दिने अपेक्षा गरिएको थियो । तर, अमेरिकाको भिटो शक्तिको दुरूपयोगले काउन्सिललाई प्रभावकारी रूपमा कार्य गर्न सकेको छैन । यो एक दोहोरिने मुद्दा बनेको छ जसले संयुक्त राष्ट्र सङ्घको विश्वसनीयता र प्रभावकारितालाई गम्भीररूपमा कमजोर मात्र गर्दैन, बरु संरा अमेरिकामाथिको विश्वव्यापी विश्वासलाई पनि स्खलन गराएको छ ।
मृत्यु, गरिबी र गाजामा गहिरो मानवीय सङ्कटको सामना गर्दै संरा अमेरिकाले यी मानिसहरूको जीवनमा आँखा चिम्लिरहेको छ । जब इतिहासले यस अवधिलाई प्रतिबिम्बित गर्दछ, प्रश्नहरू अनिवार्यरूपमा उठ्नेछ । संरा अमेरिकाले प्रायः घोषणा गर्ने ‘मानव अधिकार’ र ‘मानवीय मूल्यहरू’ कहाँ छन् ? यस त्रासदीको क्षणमा संरा अमेरिकाले आफ्नो नेतृत्व र विश्वसनीयता मात्र गुमाएको छैन बरु अन्तर्राष्ट्रिय छविलाई पनि ध्वस्त पारेको छ ।

– ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *