निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा जिन्दावाद !
निर्वाचनमा भाग लिएर देश र जनताको इमान्दारीपूर्वक सेवा गरौँ !!
देशलाई २६ खर्ब रुपियाँभन्दा बढीको ऋणमा डुबाएर विकासको नाममा भ्रष्टाचार गरेका संसद्वादी दलहरूलाई हराऔँ !!!
काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडा अध्यक्षमा न्हुजः महर्जन
न्हुजः महर्जन
नेपाल मजदुर किसान पार्टीले काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा यहाँका चिरपरिचित न्हुजः महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँको जन्म काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. १६, सोह्रखुट्टे नयाँबजारमा भएको हो । हाल उहाँ काठमाडौँ महानगरपालिका वडा नं. १६ का स्थायी बासिन्दा हुनुहुन्छ ।
“देश र जनताप्रति इमानदार भएर निःस्वार्थपूर्वक सेवा गर्नु नै राजनीति हो” भन्ने नेमकिपाको आदर्शलाई न्हुजः महर्जनले पूर्णरूपले आत्मसात गर्नुभएको छ । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्यलाई सम्पूर्ण जनतामा प्रवाह गर्न उहाँ लागिरहनुभएको छ ।
देश र जनताको दुःखमा सधैँ साथ दिन प्रतिबद्ध न्हुजः महर्जनलाई ‘मादल’ चिह्नमा छाप लगाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समिति काठमाडौँ महानगरपालिका वडा नं. १६ ले हार्दिक आग्रह गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडा अध्यक्षमा फूलमाया तितुङ
फूलमाया तितुङ
नेपाल मजदुर किसान पार्टीले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा यहाँका चिरपरिचित महिला कार्यकर्ता फूलमाया तितुङलाई उम्मेदवार बनाएको छ । उहाँको जन्म मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरी, गोदमारमा भएको हो । हाल उहाँ हेटौँडा उपमहानगरपालिका वडा नं. १२, की स्थायी बासिन्दा हुनुहुन्छ ।
“देश र जनताको इमानदार भएर निःस्वार्थपूर्वक सेवा गर्नु नै राजनीति हो” भन्ने नेमकिपाको आदर्शलाई फूलमाया तितुङले पूर्णरूपले आत्मसात गर्नुभएको छ । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्यलाई सम्पूर्ण जनतामा प्रवाह गर्न उहाँ लागिरहनुभएको छ ।
उहाँले चुरे दोहनको विरोधमा सशक्त आवाज उठाउनुहुनेछ । देश र जनताको दुःखमा सधैँ साथ दिन प्रतिबद्ध फुलमाया तितुङलाई ‘मादल’ चिह्नमा छाप लगाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक आग्रह गरिएको छ ।
कीर्तिपुर नगरपालिका मेयरमा श्रीकृष्ण महर्जन
श्रीकृष्ण महर्जन
नेपाल मजदुर किसान पार्टीले कीर्तिपुर नगरपालिका मेयर पदको उपनिर्वाचनमा यहाँका चिरपरिचित श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँको जन्म काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका वडा नं. ५, पाँगामा भएको हो । हाल उहाँ कीर्तिपुर नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुनुहुन्छ ।
“देश र जनताको इमानदार भएर निःस्वार्थपूर्वक सेवा गर्नु नै राजनीति हो” भन्ने नेमकिपाको आदर्शलाई श्रीकृष्ण महर्जनले पूर्णरूपले आत्मसात गर्नुभएको छ । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्यलाई सम्पूर्ण जनतामा प्रवाह गर्न उहाँ लागिरहनुभएको छ ।
देश र जनताको दुःखमा सधैँ साथ दिन प्रतिबद्ध श्रीकृष्ण महर्जनलाई ‘मादल’ चिह्नमा छाप लगाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समिति कीर्तिपुर, काठमाडौँले हार्दिक आग्रह गरेको छ ।
नेमकिपाका उम्मेदवारहरू निर्वाचित भएमा देहायका प्रतिबद्धताहरू पूरा गर्न सङ्घर्ष गर्ने छन्
१) किसानहरूलाई उन्नत बीउबिजन तथा मलखादको व्यवस्था गरी कृषि उत्पादकत्व वृद्धि गरी उत्पादित वस्तुको उचित मूल्य पाउने व्यवस्था गराउने ।
२) वडा र पालिकालाई भ्रष्टाचारमुक्त घोषणा गरी जनतालाई सेवा प्रदान गर्ने ।
३) स्वास्थ्यमा हानि पु¥याउने मद्यपान, धूमपान र लागूपदार्थलगायत जुवातास र अन्य कुलतबाट युुवाहरूलाई जोगाउने र उनीहरूलाई सीपमूलक तालिम र रोजगारीको व्यवस्था गर्ने ।
४) ‘स्वास्थ्य, अनुशासन, मित्रता र सार्वभौमिकता रक्षाको लागि खेलकुद’ नाराका साथ युवाहरूलाई खेलकुद गतिविधिमा संलग्न गराउने ।
५) स्थानीय खानेपानी स्रोतको परिचालन गरी स्वच्छ खानेपानीको व्यवस्था गर्ने ।
६) सफा, स्वच्छ, सुन्दर र उदाहरणीय वडा र पालिका बनाउने ।
७) कुहिने र नकुहिने फोहरमैला अलगअलग व्यवस्थापन गरी फोहर ढललाई सार्वजनिक स्थल, खोल्सा र खोलामा मिसिन नदिने र फोहर ढल उपचार पोखरी बनाउने ।
८) वडा र पालिकाका सडकहरूमा दायाँबायाँ ढल निकासको व्यवस्था गरी कालोपत्र गर्ने ।
९) वडा र पालिकामा शिशुस्याहार केन्द्र तथा बालोद्यानहरू सञ्चालन गरी शिशुहरूको उचित पालनपोषण र आमा÷महिलाहरूको श्रमशक्ति वृद्धि गराउने ।
१०) छाडा गाईवस्तुको व्यवस्थापन गराउने ।
११) वडा र पालिकाको सबै जाति र भाषाको संरक्षण तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने ।
१२) देश विकासको जग विद्यालय शिक्षामा योग्य, दक्ष शिक्षक शिक्षिकाहरू नियुक्ति गराई उचित पारिश्रमिकको व्यवस्था गराउने ।
१३) वडा र पालिकाका नयाँ पुस्तालाई सुयोग्य नागरिक बनाउन विनाधितो शैक्षिक ऋणको व्यवस्था गर्ने ।
१४) प्रत्येक वडाका विद्यार्थीमध्ये इच्छुक र योग्य विद्यार्थीलाई १/१ जनालाई शिक्षक, डाक्टर, इन्जिनियर बनाउन बर्सेनि आवश्यक छात्रवृत्तिको व्यवस्था गर्ने ।
१५) युवाहरूलाई देशभित्र रोजगारीको व्यवस्था गरी दाल, चामल, तरकारी, फलफूल भारतलगायत देशबाट आयात गर्न नपर्ने गरी नेपालमा उत्पादन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने ।
१६) स्थानीय पालिकाका युवाहरूलाई नेपाल प्रहरीबाट तालिमको बन्दोबस्त गराई योग्यलाई नगर वा गाउँपालिकाको प्रहरीमा नियुक्ति गरी स्थानीय तहका जनतालाई सेवा र सुरक्षा प्रदान गर्ने ।
१७) आर्थिक अनुशासनमा रहेर जनसहभागिता (श्रमदान) सहित स्थानीय विकास निर्माणको काम सम्पन्न गर्ने ।
१८) विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन आवाज उठाउने र सांस्कृतिक सम्पदा संरक्षणको लागि सांस्कृतिक गाउँ वा नगरहरू घोषणा गराउने ।
१९) निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, झुटो आश्वासन दिने भ्रष्ट उम्मेदवारहरूलाई उदाङ्ग्याउँदै त्यस्ता उम्मेदवारलाई मत नदिन जनतालाई सचेत पार्ने ।
२०) बहुदलीय व्यवस्थाको पुनःस्थापनायता संसद्वादी दलहरूको सरकारले सडक, पुल, भवन निर्माण तथा विद्युत् र टेलिफोन विस्तारको नाममा देशलाई २६ खर्ब रुपियाँ (प्रत्येक नेपालीको टाउकोमा झण्डै १ लाख रुपियाँ) ऋण बोकाई भ्रष्टाचार गरेको बारे जनतालाई सचेत र सङ्गठित पार्ने ।
२१) अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने, नेपालको बिजुली भारत हुँदै सिंगापुरसम्म लैजाने, नेपालको ऐन कानुनभन्दा माथि रहने, अनुदानको नाममा विषजस्तै हुने, अमेरिकी सेना आएर नेपालमा परेड खेल्ने, स्पस्टतः ‘अमेरिकी लगानी’ नै भएकोे देशघाती एमसीसी सम्झौतालाई खारेज गराउन वडा/पालिकावासीहरूलाई सचेत र सङ्गठित पार्ने ।
२२) अमेरिकी साम्राज्यवादले प्रजग कोरिया, क्युवा, इरान, सिरियालगायत देशविरुद्ध वर्षौदेखि लगाएको नाकाबन्दी फिर्ता गराउन आवाज उठाउने ।
२३) युक्रेनमा रुसविरुद्ध अमेरिकी साम्राज्यवादको युद्धलाई विरोध गर्न सम्पूर्ण वडा/पालिकावासीलाई सचेत र सङ्गठित पार्ने ।
२४) नेपाल सरकारले अमेरिकी साम्राज्यवादको दबाबमा संयुक्त राष्ट्र सङ्घमा रुसविरुद्ध युक्रेनको पक्षमा मतदान दिएको, युद्धको समर्थन र असंलग्न परराष्ट्र नीतिविपरीत भएको बारे वडा÷पालिकावासीहरूलाई सचेत र सङ्गठित गर्ने ।
२५) अमेरिकी साम्राज्यवादबाट प्राप्त हतियारको आडमा प्रजातन्त्र र कम्युनिस्टविरोधी यहुदीवादी इजरायली फासीवाद प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जा गरेकोलाई विरोध एवम् भत्र्सना गरी मध्यपूर्वमा शान्ति कायम गराउन आवाज उठाउने ।
नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समिति
Leave a Reply