संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति
- असार ३, २०८३
भक्तपुर, ८ मङ्सिर । यही मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने पाँचदिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शनिबार वडा नं. १ को पश्चिमी क्षेत्र बाहिरी नगरमा सांस्कृतिक टोलीसहित शुभकामना तथा प्रचारप्रसार ¥यालीसहित चोकसभा सम्पन्न भयो ।
उक्त सभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका भक्तपुरको परम्परागत जीवनशैली, संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै शिक्षामा भएको परिवर्तनलाई विश्व समुदाय र राष्ट्रिय रूपमा परिचित गराउन महोत्सव गर्न लागेको बताउनुभयो ।
उहाँले महोत्सवबाट स्थानीय रूपमा मनाउँदै आएको सांस्कृतिक परम्परा र त्यसमा प्रयोग भएको स्थानीय खाद्यान्नको महत्व र वैज्ञानिकताबारे अतिथिहरूलाई जानकारी उपलब्ध हुने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा भनपा १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले भूकम्पपछि पुनः निर्माण भएका मठमन्दिर र पाटीलगायत १३५ सांस्कृतिक सम्पदा र भाज पुखु तथा रानी पोखरीलगायत अन्य पोखरीहरूको संरक्षण भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ को निकोसेरा पुलबाट सुरु भएको ¥याली १ वडाको पश्चिमी क्षेत्र नगर बाहिरको विभिन्न चोक र टोल परिक्रमा गरी सृजनानगर नपलीमा चोकसभामा परिणत भएको थियो ।
¥यालीमा वडा नं १ मा रहेका सामुदायिक र संस्थागत विद्यालय, टीम क्लव, समाजसेवी, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रह्यो ।
भक्तपुर नगरपालिका वडा नं. १ ले मङ्सिर ५ गते नगरभित्रको १ वडामा ¥याली सम्पन्न गरेको थियो ।
Leave a Reply