भर्खरै :

अध्यक्ष बिजुक्छें संग जर्मन राजदुतको भेट

भक्तपुर, माघ १२ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छें(रोहित) संग नेपालका लागि संघिय गणतन्त्र जर्मनीका राजदूत रोनाल्ड स्काफरले गत शुक्रवार भेट गर्नु भयो ।
भेटमा अध्यक्ष बिजुक्छेंले भक्तपुरको बिकासमा जर्मन सहयोगको महत्वपुर्ण भुमिका रहेको सम्झनुहँदै भक्तपुरमा जर्मन प्रोजेक्टले बनाएको ढल निकास,  सार्वजानिक शौचालय र उपचार पोखरी तात्कालीन समयमा नेपालमै पहिलो उदाहरण थियो भन्नुभयो ।
भक्तपुरका जनताले जर्मनीको सहयोगलाई सँधै सम्झिरने बताउनु हुँदै उहाँले आगामी दिनमा पनि भक्तपुरको बिकासमा जर्मन सहयोग आवश्यक रहेको र नगरपालीकाहरु संग समन्वय गरी बिकास र आदान प्रदानमका गतिबिधिहरु अगाडि बढ्नेमा बिश्वास ब्यक्त गर्नुभयो।
राजदुत स्काफरले जर्मनीले नेपालमा नबिकरणीय उर्जा, स्वास्थ्य र समाबेशी अर्थिक बिकासको क्षेत्रमा बिशेष सहयोग गर्दै अएको बताउनु हुँदै स्थानीय बिशेषता अनुसार सहयोगका कार्यक्रम अगाडि बढाउनु पर्ने अनुभव सुनाउनु भयो। उहाले जर्मन सहयोग कार्यक्रमले हालै नेपालमा नगरपालिकाहरुमा सुशासनको क्षमता बढाउन र नगरपालिकाहरु बिच समन्वय र आदानप्रदान बृध्दी गर्न एउटा नयाँ कार्यक्रम संचालन गरिरहेकको जानकारी दिनु भयो ।
भेटमा जर्मनी भाषाका राजनैतिक तथा साहित्यिक कृतिहरु नेपालका बिभिन्न भाषामा अनुबादको आवश्यकता बारेपनि छलफल भएको थियो।
भेटमा नेपाल मजदुरकिसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल, बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल र अन्तरराष्ट्रिय सहकार्यको निम्ति जर्मन समाज (GIZ)का संजीब पोखरेलको उपस्थिति थियो।
सन् १९९७मा पर्यटकका रुपमा पहिलो चोटी नेपाल आउनु भएका राजदुत रोनाल्ड स्काफर बीस बर्ष पछी तिन महिना अघि संघीय गणतन्त्र जर्मनीका राजदूतका रुपमा नेपाल आउनु भएको हो। उहाँले २०१७ अक्टोवर २३का दिन नेपालका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएको थियो। यस अघि उहाँले जर्मन कुटनितिज्ञको रुपमा संयुक्त राष्ट्र संघ, युरोपेली युनियन, भारत, कोलम्बिया, अर्जन्टिना, ईजरायल लगायतका देशहरुको अनुभव संगाल्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *