नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
केकी एन दारुवाला भारतका चर्चित र इमान्दार कविमध्ये पर्नुहुन्छ । उहाँले शब्द र काव्यमार्फत् आफ्नो विश्वदृष्टिकोण र भावना अभिव्यक्त गर्दैआएका आउनुभएको छ । दारुवालाको जीवनमा केही विशेष छः सन् १९४५ मा उनको परिवार लाहौरबाट रामपुर बस्न गयो । रामपुरबाट पनि उहाँहरु पञ्जाब बसाई सर्नुभयो । बाससँगै उहाँ पढ्ने विद्यालय पनि परिवर्तन हुँदै गयो । अनि सँगै उहाँले पढ्ने, सुन्ने र बोल्ने भाषा पनि फरक हुँदै गयो ।
दारुवालाको घरमा पुस्तकको कुनै कमी थिएन । घर पूरै पुस्तकले भरिएको थियो । पुस्तकले उहाँको चाख साहित्यतिर तान्यो । पञ्जाबको पञ्जाब विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यमा उहाँले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभयो । त्यहाँबाट उहाँ अक्सफोर्ड विश्वविद्यालय पुग्नुभयो । महारानी एलिजावेथ छात्रवृत्तिअन्तर्गत एक वर्ष त्यहाँ बसेर आफ्नो बौद्धिकतालाई थप तिखार्नुभयो । सन् १९५८ मा उहाँ भारतको प्रहरी सेवामा भर्ती हुनुभयो । सन् १९७९ मा उहाँ तात्कालीक भारतीय प्रधानमन्त्री चरण सिंहका विशेष सहयोगी बन्नुभयो । सन् १९९५ मा उहाँ सरकारी सेवाबाट निवृत्त हुनुभयो । त्यत्तिबेला उनी भारतीय मन्त्रीमण्डल सचिवालयअन्तर्गत संयुक्त सुरक्षा समिति(जेआईसी)का अध्यक्ष हुनुहुन्थ्यो ।
दारुवालाका कविताहरु दश सङ्ग्रहमा प्रकाशित छन् । साथै उहाँका एक उपन्यास, एक उपन्यासिका र पाँच वटा कथा सङ्ग्रहहरु प्रकाशित छन् । उहाँलाई विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ । सन् १९८४ मा उहाँ साहित्य एकेडेमी अवार्डबाट सम्मानित हुनुभयो । ‘द किपर अफ द डेथ’ कविता सङ्ग्रहको लागि उहाँलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । ‘द ल्याण्डस्केप’ नामको कविता सङ्ग्रहको लागि सन् १९८७ मा उहाँ कमनवेल्थ पोएट्री प्राइज फर एसियाबाट पुरस्कृत हुनुभयो । सन् २०१७ मा उहाँ टाटा साहित्य प्रतिष्ठानबाट कविशिरोमणिको सम्मानबाट सम्मानित हुनुभयो ।
ृउहाँ उमेरले ८० को दशकमा हिंडिरहनुभएको छ । हाल दिल्लीमा बस्दै आउनुभएका कवि दारुवालाले आफ्नो पछिल्लो कविता सङ्ग्रह ‘नैशापुर टु बेबीलोन’को प्रकाशन पछि कविता विधाभन्दा अलि बढी आख्यानतिर कलम चलाइरहनुभएको छ । उहाँसँग स्क्रोल.आईएनले लिएको अन्तर्वार्ताको नेपाली अनुवाद प्रस्तुत छः
कविता लेख्न शुरु गरेको समयमा कविताप्रतिको तपाईको धारणा र आजको धारणामा केही भिन्नता आएको छ ?
अवश्य । मैले निकै खुला भएर, खुकुलो पाराले कविता लेख्न थालेको हुँ । जब म अनुप्रास मिलाएर लेख्थें, म ती पङ्क्तिहरु ककर्श नसुनिऊन् भनी मनग्य मिहिनेत गर्थें । तर आजभोलि कविता लेख्न मसँग निकै थोरै मात्र समय छ, म एकै घण्टामा कविता लेखिसक्छु । कहिलेकाहीं त एक घण्टाभन्दा कम समयमा पनि कविता लेखिभ्याउँछु । राजनीतिक मूर्खता र नृशंसताले मात्र आजभोलि मलाई कविताका पंक्तिहरु लेख्न उत्साहित बनाउने गर्दछ । म कविताबाट काव्यिक पङ्क्ति लेख्नेमा झरिसकेको छु । मेरो सबभन्दा पछिको कविता सङ्ग्रह ‘नैशापुर टु बेबिलोन’ मात्र यसको अपवाद हो ।
ती मुर्खहरुलाई के थाहा छैन भने उनीहरुले गर्ने हरेक हत्याले उनीहरुका मूर्ख, साम्प्रदायिक र जातीय ‘विचारधारा’ को विरोध, घृणा र प्रतिक्रियामा उभार उठाइरहेको छ । उनीहरुले आफ्नो फोहोर हातले त्यस्ता हत्या धेरै गरेका छन् । कुरा कुरा कुरा मात्र गरेर पनि केही माथ लाग्ने होइन । हामीले काम गरेर देखाउनुपर्दछ ।
तपाई सचेत रुपमा कविताको बनावटमा ध्यान दिनुहुन्छ वा त्यसलाई कच्चा छोड्नुहुन्छ ?
म के लेख्दैछु भन्ने कुरामा यो कुरा निर्भर रहन्छ । म यति चार लाइने कविता(क्वात्राइन) लेख्दैछु भने मैले त्यसको बनावटलाई ध्यान दिनै पर्ने हुन्छ । यो दुवैको मिसावट पनि हो तर गद्य कविता लेख्नुजस्तो केही हुने गर्दैन ।
सन् १९७० मा तपाईको पहिलो कविता सङ्ग्रह ‘अण्डर ओरियोन’ प्रकाशित भयो । कस्तो महसुस भएको थियो, कुनै सम्झना छ ? ती कविताहरु लेख्दा तपाईको मनस्थितिलाई कसरी सम्झनुहुन्छ वा त्यत्तिबेलाको सम्झना उत्ति भावना थिएन ?
मेरो पहिलो कविता सङ्ग्रह प्रकाशित हुँदा म फारुखबादमा प्रहरी निरीक्षक थिए । त्यहाँ त्यो कविता सङ्ग्रह देखाउन सकिने कोही पनि मानिस थिएन । त्यत्तिबेलासम्म म सानो शहरमा बस्थें । सन् १९७१ सम्म लखनउ र १९७४ मा दिल्लीमा बस्थें । त्यत्तिञ्जेल त्यहाँ कोही पनि कविहरुसँग मेरो कुराकानी हुने गर्दैन्थ्यो । कलकत्तामा लेखकहरुको कार्यशाला चलाउँदै आएका महान मान्छे पी लालले मसँग कविता सङ्ग्रह माग्नुभएकाले मात्र मैले त्यो कवितासङ्ग्रह प्रकाशित गरेको थिएँ । मलाई त्यो सङ्ग्रह प्रकाशित गर्न एक वर्षभन्दा अलि बढी समयमा मात्र लागेको थियो । मलाई ती कविताहरु अझै पनि मन पर्छन् ।
तपाईले त एक पछि अर्को कृति प्रकाशित गर्दै आउनुभएको छ । कविता लेख्न कहाँबाट आउने गर्दछ यति धेरै उर्जा ?
उर्जा भनेको कल्पनाको उत्पादन हो । मेरो दिमाग धेरै थरी विचारको भीडभाड हो । अनि ती विचार बाहिर निकाल्न आवश्यक ठान्छु । आजभोलि मैले लेख्ने राजनीतिक टिप्पणीहरु (म त्रिब्युनको नियमित स्तम्भकार हुँ) र आख्यान दुवैको लागि एउटा नैतिक हुतहुतीले घच्घचाउने गर्दछ ।
तपाई गर्ने धेरै गतिविधि समयप्रतिको टिप्पणी हुने गरेको छ । जस्तै सन् २०१४ मा विद्वान एमएम कलबुर्गीको हत्याको विरोधमा साहित्य एकेडेमी अवार्ड नै बहिस्कार गर्नुभयो । यस्ता निर्णय गर्न तपाईलाई केले प्रेरित गर्दछ ? प्रजातन्त्र, वाक स्वतन्त्रता र साहित्य कसरी गाँसिएका छन् ?
यो प्रश्नको उत्तर त तपाई आफैलाई थाहा छ नि । अहिले पनि गौरी लंकेशको हत्या भयो । उनको बारेमा मैले यसअघि कहिल्यै सुनेको पनि थिएन । ती मुर्खहरुलाई के थाहा छैन भने उनीहरुले गर्ने हरेक हत्याले उनीहरुका मूर्ख, साम्प्रदायिक र जातीय ‘विचारधारा’ को विरोध, घृणा र प्रतिक्रियामा उभार उठाइरहेको छ । उनीहरुले आफ्नो फोहोर हातले त्यस्ता हत्या धेरै गरेका छन् । कुरा कुरा कुरा मात्र गरेर पनि केही माथ लाग्ने होइन । हामीले काम गरेर देखाउनुपर्दछ । एक जना हिन्दी लेखकले यो कामको थालनी गरे पछि मैले पनि अवार्ड फिर्ता गरेको हुँ ।
अब त तपाई ८० वर्षको हुनुभयो ? तपाईको लेखाईमा अध्यात्मले कति ठूलो भूमिका खेलिरहेको छ ?
सबै अध्यात्मिकता बठ्याई मात्र हो । हाम्रा भारतीय गुरुहरुजस्तै । म नैतिकतामा ध्यान दिन्छु । असल विचार, असल शब्द, असल कर्म ।
के पढ्दैहुनुहुन्छ आजभोलि ?
ओहो, निकै धेरै । नयनतारा सहगालको ‘ह्वेन द मुन साइन्ज बाइ डे’, प्रफुल बिदवाईको ‘द फिनिक्स मोमेन्ट’(भारतीय साम्यवादको इतिहासबारे एउटा राम्रो पुस्तक), प्रयाग अकबरको ‘लियला’ डाइस्टोपिया (काल्पनिक शासन र बन्दोबस्तको व्याख्या गर्ने विधा) । मैले पनि चालिस वर्षअघि डाइस्टोपिया लेखेको थिएँ । तर आधा लेखेर छोड्नुपरेको थियो ।, रोचेल पटकरको ‘फोर डिग्री अफ सेपेरेशन’, सिमोन अर्मिताजको ‘द डेथ अफ किङ अर्थर’ । भर्खर मात्र मैले लिओनार्डो पाडुराको ‘द म्यान हु लभ्ड डग्स’ पढिसकें । त्यो पुस्तक तोल्सतायको बारेमा थियो ।
इक्रोल.आईएन
अनुवादः नीरज
Leave a Reply