भर्खरै :

काठमाडौँमा नेमकिपाको घरदैलो चुनावी प्रचार चालु

काठमाडौँमा नेमकिपाको घरदैलो चुनावी प्रचार चालु

कीर्तिपुर, ८ मङ्सिर । मङ्सिर १६ गते हुने कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनमा नेमकिपाको तर्फबाट मेयर पदका उम्मेदवार श्रीकृष्ण महर्जन वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार महेश्वर सुवेदीसहितको टोलीले वडा नं. ४ मा शनिबार घरदैलो कार्यक्रम ग¥यो ।
वडा नं. ४ को सल्यानस्थान, झुलपोखरी, गाम्चा आदि क्षेत्रमा मेयर र वडाअध्यक्षको अपिल र प्रतिबद्धतापत्र घर घरमा पु¥याउने काम भयो ।
चुनाव प्रचारको दौरानमा स्थानीय जनताले नेमकिपाको जनताप्रति गरेको इमानदारीताको कदर गर्दै स्वागत गरेका थिए ।
वडा नं. ४ को सल्यानस्थानमा स्थानीयहरूले स्वागत गरेका थिए ।
गाम्चामा भएको कोणसभामा नेमकिपाका नारायण महर्जनले भ्रष्टाचार गर्ने दलका उम्मेदवारलाई हराउनुपर्ने बताउनुभयो । देशमा २६ खर्ब रुपैयाँभन्दा बढी ऋणमा डुबाएर प्रत्येक नेपालीको टाउकोमा १ लाख ऋण बोकाउने शासक दलका उम्मेदवार पराजित गर्नुपर्ने बताउनुभयो ।
कोणसभामा मेयर पदका उम्मेदवार श्रीकृष्ण महर्जनले कीर्तिपुर नगरवासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का उम्मेदवार महेश्वर सुवेदीले वडालाई नमुना बनाउन अगाडि बढ्ने बताउनुभयो ।
त्यस्तै काठमाडौँ महानगरपालिकाको वडा नं. १३ मा चुनावी प्रचार भयो । उम्मेदवारसहितको उक्त घरदैलो कार्यक्रमबाट स्थानीय जनताको उत्साह थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *