भर्खरै :

कामदार महिला कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुपर्ने

्भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा महिला भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको सही तरिकाबाट अंगीकार गर्न जरुरी भएको बताउनुभयो ।
उहाँले नेपालका केही नाममात्रका कम्युनिष्ट पार्टीहरुले कामदार जनताको स्वर्ग समाजवादी बन्दोबस्त स्थापना गर्न सिद्धान्तनिष्ठ भूमिका ननिभाएको प्रष्ट पार्नुभयो ।
‘पूँजीवादी व्यवस्थाको विरोधमा कामदार महिलाहरु पनि कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुपर्छ’, थापामगरले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा नेपालमा हुने कुनै पनि आन्दोलनको नेतृत्व नेमकिपाले गर्दैआएको र आगामी दिनमा त्यो गौरवको रक्षाले गर्दै जाने बताउनुभयो ।
उहाँले नेपालका शासक दलहरुले देश र जनताको हित विपरीत नेपालका प्राकृतिक स्रोत साधन भारतीय बिस्तारवादलाई बेचेको धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष कमलमैंया सुवालको सभापतित्वका भएको कार्यक्रममा सुलोचना छ्वाजू र सरस्वती सिंख्वालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *