भर्खरै :

कोमपा केन्द्रीय समितिको उपविभाग निर्देशक किम यो जोङको प्रेस वक्तव्य

कोमपा केन्द्रीय समितिको उपविभाग निर्देशक किम यो जोङको प्रेस वक्तव्य

प्योङयाङ, १२ मङ्सिर (केसीएनए) । कोरियाको मजदुर पार्टीको केन्द्रीय समितिका उप–विभाग निर्देशक किम यो जोङले नोभेम्बर २६ मा एक प्रेस वक्तव्य जारी गर्नुभयो ।
प्रेस वक्ताव्यमा भनिएको छ – दक्षिण कोरियाको षड्यन्त्रकारी गुटले नोभेम्बर २६ का दिन विभिन्न प्रकारका राजनीतिक आन्दोलनका पर्चाहरू बेलुन र प्लास्टिक ब्यागहरूमार्फत प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा पठाएको फोहोर चीजहरू पुनः दक्षिणी सिमाना नजिकका विभिन्न क्षेत्रमा फ्याँकियो ।
सुरक्षा निकायले सम्बन्धित जिल्लामा नाकाबन्दी गरी खोजी, भेला र बिसर्जनको काम गरिरहेको छ ।
हामी पुनः प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाविरोधी राजनीतिक र षड्यन्त्रकारी आन्दोलनका कुराहरू छरपस्ट गरेर प्रजग कोरियाको अभेद्य भूभागलाई प्रदूषित गर्ने उक्साहट गर्ने दक्षिण कोरियाली कठपुतली गुटको उत्तेजनामूलक र घृणित कार्यको कडा निन्दा गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *