भर्खरै :

भनपा वडा नं. ६ मा भक्तपुर महोत्सव सफल पार्न वडावासीहरूको भेला

भनपा वडा नं. ६ मा भक्तपुर महोत्सव सफल पार्न वडावासीहरूको भेला

भक्तपुर, १२ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ६ को आयोजनामा नजिकिँदै गरेको भक्तपुर महोत्सव २०८१ भव्यरूपमा सफल पार्न मङ्गलबार वडावासीहरूको भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सीप र उत्पादन विश्वसामु प्रदर्शन गर्ने महोत्सवको मुख्य उद्देश्य भएको बताउँदै लोपोन्मुख संस्कार, संस्कृति संरक्षण गर्न महोत्सवले महङ्खवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महोत्सव अवधिभर नगरको आर्थिक गतिविधि हुने बताउँदै उहाँले सार्वजनिक सम्पत्ति संरक्षणमा नपाले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
भक्तपुर महोत्सव व्यापारको लागि मात्र नभई संसारभर भक्तपुरको प्रचारप्रसार गर्न हो भन्दै उहाँले कोभिडमा धेरै आर्थिक क्षति भोगेको भक्तपुरलाई दिगो विकास गर्न आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ जोड दिँदै आएको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर महोत्सव सिङ्गो जनताको महोत्सव हो र यसलाई सफल पार्न सबैले आआफ्नो क्षेत्रबाट साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो । वडाको सङ्घ संस्था, टीमलाई सक्रिय बनाउनेतर्फ लागिरहेको बताउँदै उहाँले वडाको नगरस्तरीय योजना सञ्चालनबारे अवगत गराउनुभयो ।
समाजसेवी गोपीकृष्ण चाँगुभारीले महोत्सव सफल पार्न नगरवासीहरूको भूमिका महङ्खवपूर्ण भएको हुँदा नगरका चोक चोक सरसफाइ, शौचालय व्यवस्था, खानेपानी व्यवस्थापन आदिमा सहकार्य गरी काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर महोत्सवका सचिवालय संयोजक गौतमप्रसाद लासिवाले महोत्सवका आकर्षणहरूबारे प्रस्ट पार्दै महोत्सव सफल पार्न सबैको क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *