भर्खरै :

कालीकोटको तिलागुफा नपा वडा नं. ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

कालीकोटको तिलागुफा नपा वडा नं. ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

कालीकोट, १६ मङ्सिर । तिलागुफा नगरपालिका वडा नं ४ मा रिक्त वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही निर्वाचित हुनुभएको छ ।
आइतबार कालीका माध्यमिक विद्यालय, राँचुलीमा सम्पन्न निर्वाचनमा नेमकिपाका शाहीले १४३ मत प्राप्त गर्नुभएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा खड्कराज शाही सोही वडाको वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा माओवादी केन्द्रका नैशोभा शाहीले ११५ मत प्राप्त गर्नुभएको थियो भने एमालेका ऐनबहादुर शाहीले ७८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेकाका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाहीले १५ र रास्वपाका गगन बमले ५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ४ मत बदर भएको थियो ।
निर्वाचनमा जम्मा ६०९ मतदातामध्ये ४११ अर्थात् ६७ दशमलव ४८ प्रतिशतले मतदान गरेका थिए । बिहान ७ बजेबाट सुरू भएको निर्वाचन साँझ ५ बजेसम्म सम्पन्न भएको थियो । शान्तिपूर्णरूपमा सम्पन्न मतदानमा सबभन्दा ज्येष्ठ नागरिक ८२ वर्षका रणवीर शाहीले पनि मतदान गर्नुभएको थियो ।
२०७९ असोज २३ गते राँचुलीमा गएको भीषण बाढी तथा पहिरोमा पुरिएर मलामी गएका तत्कालीन वडाध्यक्ष परबहादुर शाहीसहित १२ जनाको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *