न्युओ फ्युजनमा शुभकामना तथा प्रमाणपत्र वितरण कार्यक्रम
- आश्विन २५, २०८३
भक्तपुर, २५ असोज । समय बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजुले इमानदारीका साथ सदस्यहरूको बचतलाई एक आपसमा सहयोग र सहकार्य गर्नु नै सहकारीको मूल मर्म भएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछाले मजदुर र किसानजस्ता निम्न वर्गका जनताको बैङ्कजस्ता वित्तीय संस्थामा सहजै पहुँच नहुँदा उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक रकम जुटाउन नसक्ने परिस्थितिमा सामाजिक उत्तरदायित्व बहनका लागि सामाजिक गतिविधि गरिरहेको जानकारी दिनुभयो ।
संस्थाका सचिव लक्ष्मीप्रसाद छुस्याबागले सहकारी ठगहरूलाई कारबाही नगरी समुदायमा आधारित सहकारी सञ्चालनमा समस्या ल्याउन विविध ऐन कानुन ल्याएको बताउँदै संस्थाको आ.व. २०८२/०८३ मा सञ्चालन भएका विविध गतिविधिसहितको प्रगति प्रतिवेदन तथा आगामी वर्षको भावी कार्यक्रम तथा प्रस्ताव प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष लक्ष्मीप्रसाद गाइजुले २०८२/८३ को आर्थिक प्रतिवेदनमा आव २०८२/८३ को यथार्थ स्रोत ३१ करोड ४६ लाख ७४ हजार तीन सय सय सतहत्तर रूपैयाँ, आव २०८३/८४ को अनुमानित स्रोत ३३ करोड ४ लाख ६ हजार पाँच सय पचहत्तर रूपैयाँ तथा आव २०८२/८३ को कुल यथार्थ आम्दानी रु.२ करोड ३३ लाख बैसठ्ठी हजार बाउन्न र २०८३/८४ को अनुमानित आम्दानी रु. २ करोड ४७ लाख ८० हजार चार सय त्रियानब्बे सार्वजनिक गर्दै आ.व. २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक विक्रम ढुकुछुले स–साना देशमा भएको प्राकृतिक स्रोत साधन कब्जा गर्न ठुलठुला देश लाग्दा ससाना देशको पुँजी परिचालन राम्रोसँग नभएको अवस्थामा समुदायको सहकारी सञ्चालनमा समस्या आएको बताउँदै आव २०८२/०८३ को प्रतिवेदन तथा समितिको तर्फबाट सुझाव प्रस्तुत गर्नुभयो ।
संस्थाका व्यवस्थापक कृष्णप्रसाद दुवालले ८ प्रतिशत शेयर लाभांश वितरण गरेको उक्त साधारणसभामा ६५ प्रतिशत सहकारी सदस्यहरूको उपस्थिति रहेको जानकारी दिनुभयो ।
Leave a Reply