भर्खरै :

न्युओ फ्युजनमा शुभकामना तथा प्रमाणपत्र वितरण कार्यक्रम

न्युओ फ्युजनमा शुभकामना तथा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, २५ असोज । न्युओ फ्युजन बाजा समूहले दसैँको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
आइतबार आयोजित उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मौलिक बाजाहरूको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी र कर्तव्य भएको बताउनुभयो ।
बाजा गुरूहरू शिक्षक तथा प्राध्यापकसरह सम्मानयोग्य भएकाले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सांस्कृतिक गुरूहरूलाई सम्मान गर्दै आएको उहाँले बताउनुभया े।
उहाँले भन्नुभयो, “परम्परागत संस्कृति जोगाउन न्युओ फ्युजन बाजा समूहले नयाँ पुस्तालाई प्रशिक्षण दिँदै आएको छ । यो सराहनीय कदम हो ।”
युवाहरूले जनताको सेवा गर्ने भावनाका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले आज इमानदार र स्वयंसेवी भावनाले काम गर्नेहरू नै भविष्यमा असल राजनीतिक कार्यकर्ता बन्ने आधार तयार हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको सेवा नै राजनीति भएकोले शिक्षक, प्राध्यापक र कर्मचारी सबै राजनीतिमा सहभागी हुनु नै देशको सार्वभौमिकताको रक्षा गर्ने उपाय हो ।”
कार्यक्रममा बालकृष्ण वनमाला र बालगोपाल वनमालालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *