हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण
- कार्तिक २६, २०८२

भक्तपुर, १४ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा तयार पारी लागु गरिएको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को ‘दुईदिने आइटम राइटिङ वर्कसप’ शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर शिक्षा प्रमुख साधुराम फुर्इँयालले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि २०७८ सम्ममा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम पालिकाको ९२ वटै विद्यालयमा कार्यान्वयमा आएको जानकारी दिनुभयो ।
अरू स्थानीय तहहरू अन्योलमा छँदा भक्तपुर नगरपालिकाले लागु गरेको उक्त पाठ्यक्रम परिमार्जनको आवश्यकता भएकोले यसलाई अझ उत्कृष्ट बनाउने प्रयास स्वरूप यो दुईदिने वर्कसप राखिएको हो, उहाँले भन्नुभयो ।
पाठ्यक्रम निर्माण दलका संयोजक एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्थानीय पाठ्यक्रम निर्माणमा मुलुकमै पहिलो नगरपालिका भएको चर्चा गर्दै यसलाई नमुनाको रूपमा अरू पालिकाहरूले पछ्याउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान पाठ्यक्रमको उद्देश्यअनुरूप पूरा भयो भएन निक्र्योल गर्न अभिमुखीकरण कार्यक्रम राखिएको हो । यो पाठ्यक्रम परिमार्जनको लागि तयारीस्वरूप उपलब्धि परीक्षा लिने योजनामा छौँ ।”
कार्यदलका सदस्य एवं प्राध्यापक सिद्धिरत्न शाक्यले पाठ्यक्रम परिवर्तन र परिमार्जनका आधार, परिमार्जन गर्नुपर्ने कारण र उपलब्धि परीक्षाको आवश्यकताबारे बताउनुभयो ।
कार्यदलका सदस्य रोशनराज तुईतुईले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिमूलक १२ जना शिक्षकहरूको समूहगत छलफल र आवश्यक प्रश्नपत्रहरू तयार गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
Leave a Reply