छालिङमा शुभकामना आदानप्रदान कार्यक्रम
- आश्विन २३, २०८३
भक्तपुर, २३ असोज । सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औँ स्थापना दिवस संस्थाका अध्यक्ष राजाभाइ भेलेको सभापतित्वमा भक्तपुर पार्टी भेन्युमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष हरिकृष्ण बल्लले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बल्लले सहकारी संस्थामा सदस्य र सञ्चालकको फाइदाभन्दा सदस्यको बचत सुरक्षित छ कि छैन र संस्थाले राख्नुपर्ने पर्याप्त कोषको व्यवस्था गरेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सहकारी संस्थालाई निर्देशन दिने माथिल्लो निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिँदै खराब सहकारीका कारण राम्रा सहकारी संस्थाको बदनाम हुन नहुने बताउनुभयो ।
सदस्यहरूले व्यक्तिगत लाभभन्दा संस्थाको दिगो विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले जिम्मेवार सदस्यले संस्थाबाट प्राप्त हुने लाभमा मात्र सीमित नभई संस्थाको दिगोपना र कार्यान्वयन पक्षका विषयमा पनि सञ्चालकहरूलाई समय–समयमा सचेत गराउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक बलराम भुजु, पूर्वअध्यक्षहरू राजेशबहादुर श्रेष्ठ र नित्यनाथ श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा एसईई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै पुरस्कार वितरण गरिएको थियो । साथै, ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष राजाभाइ भेलेले समुदायमा आधारित सहकारी संस्थाका लागि सदस्यहरूको साथ र विश्वास नै अमूल्य सम्पत्ति भएको बताउनुभयो । उहाँले संस्थाको स्थापनादेखि हालसम्म प्राप्त साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गर्दै स्थापना दिवसको शुभकामना दिनुभयो ।
कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले गर्नुभएको थियो भने सचिव सञ्जय जोन्छेले पनि बोल्नुभएको थियो ।
Leave a Reply