भर्खरै :

के तिमी ठिमाहा लोकतन्त्रवादी हो र ?

ए सरकार !
कृषि विकास बैङ्क छ तिम्रो
तर, कृषि कसरी ध्वस्त भयो ?
देशमा रोजगारी नदिने किन ?
करोडौँ युवालाई विदेश पठाएर
यो माटोलाई मरुभूमि बनाउने किन ?
दाल, चामल, तरकारी, फलपूmल
भारतबाट किन्नु पर्ने किन ?
के तिमीलाई देशप्रति माया छैन र ?
नदीनाला र जलविद्युत् सबै
भारतलाई किन बेच्छौ ?
तिम्रो सार्वभौम साख वृद्धि यही हो र ?

ए सरकार !
खरबौँ डलरका मालिक एलन मस्क
तिम्रो साथी कसरी भए ?
स्वास्थ्य बीमासमेत नपाएका
करोडौँ अमेरिकीहरू साथी कसरी भएनन् ?
तिमी भ्रष्टाचारको पैसामा
फेरि पनि चुनाव जित्न चाहन्छौ र
के मस्कसँगको वार्ता पैसा नै हो र ?

भारतीय संसद्मा ९६ प्रतिशत अर्बपति
के नेपालमा तिमी त्यही चाहन्छौ र ?
के तिमी अमेरिका र भारतको
ठिमाहा लोकतन्त्रवादी हो र ?

२०८१ मङ्सिर ९

Leave a Reply

Your email address will not be published. Required fields are marked *