छालिङमा शुभकामना आदानप्रदान कार्यक्रम
- आश्विन २३, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६, गाईजात्रा पर्व २०८३ को सांस्कृतिक प्रदर्शनीमा विजयी सांस्कृतिक समूहहरूलाई बधाई ज्ञापन तथा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपाका उपमेयर रजनी जोशीले जलवायु परिवर्तनसँगै फरक–फरक भाइरल रोगहरू सरिरहेको हुनाले सतर्क रहनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा अग्रजहरूको योगदान अविस्मरणीय रहेको चर्चा गर्दै इमानदारिताका साथ देशको सेवा गर्ने सोचले काम गर्न सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले देशका कर्णधार युवाहरूले संस्कृति संस्कार सिक्न ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । भनपा ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णसुन्दर प्रजापति, पूर्ववडा सदस्य पशुपति प्रजापति, कृष्णलक्ष्मी दुवाल, राजेन्द्र माक, कराँते खेलका राष्ट्रिय रेफ्री प्रकाशमोहन धौभडेल, वडा सचिव इन्द्र मचामसीलगायतले युवा पुस्ताले समाजप्रति निर्वाह गर्नुपर्ने भूमिकाबारे बोल्नुभयो ।
Leave a Reply