महाकाली क्षेत्र संरक्षण समितिको साधारणसभा जनताको सेवामा जनप्रतिनिधिहरू तल्लीन भइरहने
- आश्विन १९, २०८३
भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ ।
नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा सोमबार बिहान आगलागी भएको हो । जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायोगमा करिब दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानामा रहेका सम्पूर्ण मेसिनरी सामान तथा प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा नष्ट भएका छन् । कारखानासँगै जोडिएको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको छ ।
आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घटनास्थलमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
Leave a Reply