निजामती कर्मचारी विधेयक र कर्मचारीहरूको प्रजातान्त्रिक अधिकारको प्रश्न
- आश्विन १९, २०८३
दैलेख, १९ असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा सोमबार माथिल्लो डुङ्गेश्वरमा देशको समसामयिक राजनीति विषयमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “बहुदल र गणतन्त्रको ३५ वर्षयता सरकारमा गएका दल र तिनका नेताहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको बरू पक्षपात र भ्रष्टाचार गरेको हुँदा गतवर्ष भदौ २३ र २४ गते उपद्रो गर्नेहरूलाई मौका मिलेको हो ।”
नेपाल मजदुर किसान पार्टीले पञ्चायतकालदेखि कर्णालीमा काम गरी खाने वर्गबिच सङ्गठन गर्दै आएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “अहिले पनि पार्टी देश र जनताको निःस्वार्थ सेवामा लागेको छ । पुँजीवादी निर्वाचनको परिणामले नेमकिपाका कार्यकर्ताहरू उत्साहित र निरूत्साहित दुवै हुनु जरूरी छैन । व्यापक जनतामा राजनीतिक सचेतताविना देशमा आमूल परिवर्तन सम्भव छैन । पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियालाई निरन्तरता दिनु जरूरी छ ।”
नेमकिपा कर्णाली प्रदेस संयोजक सरोजराज गोसाईंले पार्टीमा प्रजातान्त्रिक तरिकाबाट सबैको विचार अन्तरक्रिया गरेर नयाँ विचार निर्माण हुने धारणा राख्दै नयाँ विचारलाई कामदार वर्गको पक्षमा परीक्षण गरेर हेर्नुपर्छ भन्नुभयो ।
विचारलाई व्यवहारमा लागू गर्न सके जीवन्त हुने चर्चा गर्दै संयोजक गोसाईंले समाजमा परिवर्तन ल्याउन कामदार वर्गप्रति खरो पक्षधर हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले पार्टी बैठकमा सिकेका विषय जनताको घरदैलोमा पु¥याउनुपर्नेमा जोड दिँदै नयाँ जोस जाँगरका साथ नयाँ पुस्ता पार्टी नीतिअनुसार सक्रिय हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले नवउदारवादी पुँजीपतिहरूले कामदार जनतालाई पनि लोभ देखाई विचलित बनाउने गरेकोले अध्ययन र अनुभवबाट कार्यकर्ताहरूले आफूलाई निखार्दै जानुपर्छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य बखतबहादुर थापाले भारतीय शासकहरूले नेपाललाई सार्वभौम देश नभई आफ्नै प्रान्तजस्तो व्यवहार गरेका कारण नेपाल भारतबिचमा सम्बन्ध सहज नभएको बताउनुभयो ।
नेमकिपा दैलेखका जिल्ला सचिव विन्दुलाल रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले आ–आफ्ना धारणा र जिज्ञासा राखेका थिए ।
Leave a Reply