भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी
- आश्विन १९, २०८३
भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा महाकाली क्षेत्र संरक्षण समितिको साधारणसभा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले गर्दै आएको विकास निर्माणको चर्चा गर्दै पछिल्लो समयमा ज्येष्ठ नागरिकहरू राख्नको लागि आदर निकेतनको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।
हाल ३० जना ज्येष्ठ नागरिकहरू राखेर सुरु भएको आदर निकेतनमा सात जना कर्मचारीहरू लगनशील भएर कार्य गरिरहेको उहाँले बताउनुभयो ।
भनपाले शिशुस्याहारदेखि कलेजहरू सञ्चालन गरिरहेको र ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिरहेको चर्चा गर्दै निम्न आय भएका जनताको सेवा सुविधाको लागि कलेजहरू सञ्चालन भइरहेको बताउनुभयो । ख्वप अस्पतालको स्थापनाले धेरै जनताको सेवा भइरहेको चर्चा गर्दै उहाँले भक्तपुर नगरका जनताको सेवामा जनप्रतिनिधिहरू तल्लीन भइरहने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले आदर निकेतन राम्रोसँग सञ्चालन गर्न लागिरहेको र आगामी दिनमा अरु वडामा पनि आदर निकेतन सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले महाकाली पीठमा रहेका सम्पदा संरक्षण र धार्मिकस्थललाई संवद्र्धन गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै समिति सदस्यहरू महाकाली पीठको विकासको लागि प्रयत्नशील रहेको बताउनुभयो ।
समाजसेवी राजेन्द्रभक्त प्रधानांगले समाजसेवा एक उदाहरणीय कार्य भएको चर्चा गर्दै नयाँ पुस्ता यस कार्यमा लाग्नुपर्ने बताउनुभयो ।
समितिका कोषाध्यक्ष न्हुछेरत्न खाइतुले समितिको आयव्यय प्रस्तुत गर्नुभएको थियो भने समितिका सल्लाहकार गणेशराम थुसाले महाकाली पीठको विकासको लागि थप कार्यहरू गर्नुपर्ने बताउनुभयो ।
साधारणसभाले हरिराम सुवालको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको थियो । समिति सदस्य राजेश दिस्तीले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply