भर्खरै :

सिद्धि गणेशमा शिक्षा शिविर

सिद्धि गणेशमा शिक्षा शिविर

भक्तपुर, १५ मङ्सिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी संस्थाहरूले निरन्तर आफ्ना सदस्यहरूलाई सहकारीबारे सुसूचित गरी बचत गर्ने बानीको विकास गर्दै जानुपर्ने भन्दै सुरक्षित र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्नुपनेमा जोड दिनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरूलाई ऋण उपयोग गर्दा अनावश्यक क्षेत्रमा भन्दा आफ्नो आर्थिक र सामाजिक स्तर विकास गर्न उत्पादनशील क्षेत्रमा ऋण उपयोग गर्न सचेत गर्नुभयो ।
संस्थाका वित्त तथा प्रशासन अधिकृत चन्द्रप्रसाद दुमरुले एक आपसमा सहकार्य गर्नु नै सहकारीको उद्देश्य हो भन्दै सहकारी संस्थाको पूर्ण जानकारी लिएर मात्रै संस्थामा कारोबार गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले संस्थाको पृष्ठभूमिबारे जानकारी दिँदै संस्था नीति नियमको पालना गरी पारदर्शी बन्नुपर्ने बताउनुभयो ।
उहाँले ३१ जना स्थानीय युवाहरूको अगुवाइमा स्थापना भएको संस्थामा हाल १७०६१ जना सदस्य बन्न र ३ अर्ब १५ करोड ८ लाख ९३ हजार रुपैयाँको कुल सम्पत्ति भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *