पटक पटक व्यवस्था परिवर्तन : मधेसी जनताको जीवनस्तरमा परिवर्तन खोइ ?
- कार्तिक २५, २०८२

अमलालाई ‘अमृत फल’ पनि भनिँदो रहेछ भनेर चन्द्रनिघण्टुमा लेखिएको रहेछ तर यो ‘अमृत फलले’ अझै नेपालीहरूको दैनिक फल बन्ने मौका पाएको छैन । अमलाको मुख्य काम पेटको गडबडी बिरामीबाट भएर उठेपछि तागत दिलाउने, श्वासप्रश्वासको समस्या भएका बेला प्रयोग गर्न सकिन्छ भनेर लेखिएको छ । चवनप्रसको एक महत्वपूर्ण तङ्खव नै अमला हो तर अमलालाई बेवास्ता गर्ने हाम्रो बानी छ ।
चन्द्रनिघण्टुका प्रथम खण्ड मैले हेर्ने मौका पाएँ अनि लाग्यो यो त प्रत्येक नेपालीको घरमा हुनुपर्ने किताब हो । किताब दश खण्डमा प्रकाशित हुँदा एक खण्डको २ हजारको दरले रु. १०,००० पर्छ । “ओहो यो महँगो भयो कि” भन्ने पनि लाग्न सक्छ तर यस्तो ज्ञानले भरिएको जीवनोपयोगी र पुस्तौँपुस्तालाई काम लाग्ने चन्द्रनिघण्टु किताब महँगो होइन ।
यो किताब हेरेपछि मलाई आफैँलाई गर्वको अनुभूति पनि भयो, हाम्रो पुर्खाहरूलाई कति धेरै ज्ञान रहेछ भनेर । त्यस बेलामा अहिलेको जस्तो प्रयोगशाला थिएन, कुन रसायनले के गर्छ भन्ने वैज्ञानिक ज्ञान थिएन तर अनुभव र बारम्बारको प्रयोगपछि कुन औषधि के हो र केका लागि काम लाग्छ भनेर अनुभव हासिल गरेर लेखिएको यो ज्ञान अहिलेको पुस्ताका लागि त अमूल्य नै रहने छ ।
यो किताबको अर्को विशेषता मलाई के लाग्यो भन्दा यसमा प्रत्येक वनस्पतिको बारेमा अङ्ग्रेजीमा पनि लेखिएको छ । वैज्ञानिक नाम पनि दिइएको छ । यो किताब हेरेर बुझ्न चाहनेले वनस्पतिको बारेमा आधुनिक विज्ञानले कति अध्ययन गरेको छ भन्ने कुरा थाहा पाउन धेरै सजिलो हुन्छ । त्यो वनस्पतिको वैज्ञानिक नाम गुगल गरेपछि अन्य वैज्ञानिक स्रोतहरू पनि सजिलै हेर्न सकिन्छ ।
चित्रहरू हातैले लेखिएको छ । त्यस बेलामा फोटो खिच्ने सुविधा नहुँदा हातले चित्र लेखिएका छन् र राम्रा छन् । किताबको कलेवर सुन्दर किताब गाता पनि बलियो छ ।
यसमा कुनै वनस्पतिको बढी उपयोग हुँदा पर्न सक्ने समस्या बताइएको छ । व्यावहारिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा त सायद जानिफकारसँगै जानकारी लिनुपर्छ ।
नेपालका विभिन्न भाग तराई, पहाड, हिमालका वनस्पति भिन्नाभिन्नै गरेर वर्णन गरिएको छ । पलासको फूल केही काम लाग्दैन भन्ने प्रायः हामीलाई लाग्छ तर वनजङ्गलमा सुन्दर पार्ने गरी फुल्ने रातो र पहेँलो पलास पेटको जुका मार्न प्रयोग हुन्छ भन्ने थाहा पाउँदा रमाइलो लाग्छ भने बढी प्रयोग गर्दा समस्या पर्ने कुरा पनि भनिएको छ । चन्दनिघण्टुको पहिलो खण्डमा हामीले भान्सामा प्रयोग गर्ने गाँजर, मुला, लसुन, मेथी, करेला, बेथे आदि चिरपरिचित वनस्पतिका साथै हामीले थाहा पाएको, देखेको तर औषधीय गुण छ भनेर थाहा नपाएको वनस्पति जस्तो जाई, पलास, रातो गुलाब, तीतेपाती आदिका बारेमा पनि लेखिएको छ ।
रातो गुलाब त भ्यालेन्टाइन डेमा प्रेमको प्रतीक मानेर दिइन्छ, सायद अब रातो गुलाबको फूल उपहार दिँदा स्वास्थ्य राम्रो होस् भनेर प्रेमिकालाई औषधि पनि उपहार दिइएको हो भनेर बुझ्न सकिन्छ । चन्द्रनिघण्टुमा घोड्ताप्रेको बयान यसरी गरिएको छ, ‘स्मरण शक्ति बढाउने र चर्मरोगका लागि उपयोगी’ तर अफसोस त घोड्ताप्रेको प्रयोग जन–जनले धेरै गर्न सकेका छैनन् वा जानेका छैनन् ।
घिउकुमारीको महत्वका बारेमा बालबालिकालाई जुका नपरोस् भनेर प्रयोग गर्न सकिन्छ साथसाथै कलेजो र फियोको स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर लेखिएको छ ।
घर वरिपरि भएका यस्ता औषधिहरू उक्त वनस्पतिको बारेमा यति सुन्दर र सहज ढङ्गले लेखिएको यो किताबको धेरै विज्ञापन नभएर होला सायद सिंहदरबार खानाभित्र लडिरहेका होलान् ।
सिंहदरबार वैद्यखानाबाट निस्केका औषधिहरूलाई पुरातन विचारको भन्ने होच्याउने बानी छँदै छ । । स्वास्थ्य मन्त्रालयले आयुर्वेदको विकासका लागि त्यसमा लागेका व्यक्तिहरू नै उत्साहित नभएको कुरा दर्साउँछ भने आयुर्वेदका चिकित्सक र वैद्यहरू भने सरकारले आयुर्वेद विज्ञानको वास्ता नगरेको बताउँछन् । किन होला ?
Leave a Reply