सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

जापानी मिडियाका अनुसार अमेरिकी अन्तरिक्ष सेनाले जापानमा आफ्नो सबैभन्दा पछिल्लो विदेशी सहकर्मी घटक खडा गरेको छ । यसले दक्षिण कोरियामा सिर्जना गरिएको समान घटकलाई पछ्याउँछ, दुबै यसको २०२२ मा सिर्जना गरिएको ‘इन्डो–प्यासिफिक’ घटक आदेशअन्तर्गत पर्दछ ।
अमेरिकी सेनाको बाँकी भागजस्तै यसले वाशिङ्गटनले आफ्नो किनारबाट हजारौंँ किलोमिटर टाढा सैन्य अपरेसनहरू कार्यान्वयन गर्न सक्षम पार्दै विदेशमा सैन्यशक्ति प्रक्षेपण गर्ने निरन्तर प्रयासहरूलाई प्रतिनिधित्व गर्दछ ।
जापानले पहिले नै दसौँ हजार अमेरिकी सेनाको निरन्तर आतिथ्य कायम राखेको छ । जसलाई अमेरिकाले दाबी गर्दछ : “विपक्षी आक्रमणलाई रोक्न, मातृभूमिको रक्षा गर्ने, जापानको रक्षामा सहयोग गर्ने र क्षेत्रीय शान्ति र सुरक्षा बढाउने एक तयार र घातक क्षमता प्रदान गर्न ।” यो दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति र फिलिपिन्समा बढ्दो सैन्य पदचिह्नबाहेक हो ।
संरा अमेरिकाले कुन ‘विरोधी आक्रामकता’ लाई सङ्केत गरिरहेको छ, पेन्टागनले चीनलाई अमेरिकी सुरक्षाको लागि ‘सबैभन्दा व्यापक र गम्भीर चुनौती’ भनेको छ ।
अमेरिकी अन्तरिक्ष–आधारित सैन्य क्षमताहरू पहिले अमेरिकी वायुसेनाद्वारा निरीक्षण गरिएको थियो । अमेरिकी अन्तरिक्ष बलको निर्माणसँगै यी क्षमताहरू हस्तान्तरण गरिएका छन् । सेवाका मिसनहरूमा अन्तरिक्षमा अमेरिकी पहुँच सुनिश्चित गर्ने, अन्तरिक्षमा श्रेष्ठता मान्ने र प्रारम्भिक मिसाइल चेतावनी, उपग्रह सञ्चार र नेभिगेसनलगायत विश्वव्यापी मिसनहरूको निरीक्षण गर्ने समावेश छ ।
अमेरिकी अन्तरिक्ष बल जापानमा खडा हुनु एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सेनाहरूको निरन्तर सञ्चालन सुनिश्चित गर्न अपरिहार्य थियो र यो अमेरिकी अन्तरिक्ष–आधारित क्षमतामा प्रगतिभन्दा बढी रणनीतिक थियो । यद्यपि, भर्खरैको प्राविधिक विकासका कारण अमेरिका र विश्वभरि, अमेरिकी अन्तरिक्ष बल र विदेशमा रहेका तिनीहरूका समकक्षहरूले आधुनिक सैन्य अपरेसनहरूमा ठुलो र अधिक परिष्कृत भूमिका ग्रहण गर्नेछन् ।
शीतयुद्धको अन्त्यपछिको एक बिन्दुमा, अमेरिकासँग निगरानी, भूउपग्रह सञ्चार र अमेरिकाको ग्लोबल पोजिसनिङ सिस्टमको प्रयोग गरेर नेभिगेट गर्ने, लक्षित गर्ने र हतियारहरू निर्देशित गर्ने क्षमतालगायतका अतुलनीय अन्तरिक्ष–आधारित क्षमताहरू थिए ।
संरा अमेरिकासँगै रूस र चीन दुवैले अब मानव अन्तरिक्ष कार्यक्रमको साथसाथै कक्षामा रहेका उपग्रहहरूको अनुसन्धान, नजिक पुग्ने र मर्मत वा नष्ट गर्ने सन्दर्भमा बढ्दो क्षमता राखेका छन् ।
सैद्धान्तिक रूपमा, ट्रयाकिङ स्टेसनहरू एकै ठाउँमा, एक राष्ट्रलाई विश्वव्यापी–स्प्यानिङ नेटवर्कको आवश्यकता पर्दैन जस्तो कि अमेरिकी अन्तरिक्ष बलले शक्तिशाली अन्तरिक्ष–आधारित क्षमताहरू सिर्जना गर्न पृथ्वीमा निर्माण गरिरहेको छ । संरा अमेरिकाले आफ्नो अन्तरिक्ष बलका घटकहरू विस्तार गर्दै छ केवल ग्रहमा फैलिएको अमेरिकी सेनाको सञ्चालनलाई सहज बनाउन, अन्तरिक्षमा आफ्नो वास्तविक क्षमता विस्तार गर्न होइन ।
संरा अमेरिकाले चीनले आफ्ना ‘सहयोगीहरू’ लाई निम्त्याउने कथित खतरामा विदेशमा अमेरिकी अन्तरिक्ष बलका घटकहरू खडा हुने भविष्यवाणी गरेको छ ।
विशेषगरी जापानलाई वाशिंगटनले चीनसँग संरा अमेरिकाको आफ्नै बढ्दो भिडन्तको अग्रभागमा रहेको चित्रण गरेको छ । वास्तवमा जापानलाई थोरै विकल्प दिइएको छ ।
दोस्रो विश्वयुद्धको समापनपछि, अमेरिकाले जापानभरि दसौँ हजार अमेरिकी सेनालाई मात्र राखेको छैन, यसले टोकियोमाथि राजनीतिक कब्जाको डिग्री प्रयोग गरेको छ । यसमा जापानको आर्थिक र विदेश नीतिहरूमा अनावश्यक प्रभाव समावेश छ ।
संरा अमेरिकाले जापानमाथि यति हदसम्म नियन्त्रण गरेको भए तापनि चीनको उदय र यसले विश्वलाई दिने आर्थिक तथा व्यापारिक सहयोगले जापानसँगको व्यापारमा उल्लेख्य वृद्धि गरेको छ । आज जापानले चीनलाई आफ्नो सबैभन्दा ठुलो व्यापारिक साझेदार मान्दछ । यदि जापानले संरा अमेरिकाले लगाएको प्रतिबन्ध वास्ता नगरिकन चीनसँगको सहकार्यलाई अगाडि बढाउन सक्षम भयो भने यो सहयोग समग्र रूपमा जापानी अर्थतन्त्र र जापानी जनता दुवैका लागि ठुलो उपलब्धि हुनेछ ।
जापानमा संरा अमेरिकाको निरन्तर सैन्य उपस्थितिले नजिकैको चीनसँगको सम्बन्धलाई कमजोर पार्दै यसले सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ । संरा अमेरिकाले जापानलाई अपरेसनको सैन्य आधारको रूपमा प्रयोग गर्दछ, यसको अमेरिकी अन्तरिक्ष घटकले अमेरिकी सेनाहरूलाई दक्षिण चीन सागरमा सञ्चालन गर्न, जापानी र फिलिपिनो सेनाहरूसँग सञ्चार र समन्वयलाई सक्षम पार्छ । यसबाहेक, यो खतरा अमेरिकी वायु सेनाको विस्तारित भूमिका र एसिया–प्रशान्त क्षेत्रमा फैलिएको ‘घटकहरू’ को बढ्दो नेटवर्कले बढाएको छ ।
(लेखक भूराजनीतिक विश्लेषक र पूर्वअमेरिकी मरीन हुन् ।)
– ग्लोबल टाइम्स
अनुवाद : आरोही
Leave a Reply