समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी पनि हो । यो कर्णाली प्रदेशको १० वटा जिल्लाको मुख्य र प्रख्यात सहर हो । यस नगरपालिकाभित्र दुर्गन्ध र रोग फैलाउनेमध्ये भुस्याहा कुकुर पनि पर्दछ । कुकुरले सवारी दुर्घटना निम्त्यिाउँछ । यहाँको छाडा गाईवस्तुभाउ नियन्त्रण गर्न भेरी नदी किनारमा गौशालाको व्यवस्थापन भएपछि दुर्घटनाका घटनाहरू कम भएका छन् ।
मानिसले लगाएको सागपात र बोटबिरुवाको सुरक्षित भएको छ । छाडा कुकुरको नियन्त्रण गर्न आवश्यक छ । भुस्याहा कुकुरले बाटोघाटो दुर्गन्धित बनाएको छ र अनेक प्रकारको रोगका किटाणु फैलाइरहेको छ । सडकमा दुर्घटना भइरहेको छ । यसकारण, भुस्याहा कुकुरको पनि नियन्त्रण गर्न आवश्यक देखिन्छ । यसको नियन्त्रण गर्न पहिलो चरणमा बन्ध्याकरण गर्न आवश्यक हुन्छ । बन्ध्याकरणको अभियानबाट जथाभावी छाडिएका कुकुरका छाउराहरू देखिने छैनन् । त्यसको साथमा घरपालुवा कुकुरलाई पनि सार्वजनिक ठाउँमा दिसापिसाब गराउन सम्बन्धित निकायले रोक लगाउन आवश्यक देखिन्छ ।
यस नगरको वातावरण दूषित बनाउने काम नगरको मुटुजस्तो महत्वपूर्ण ठाउँ मङ्गल गडिचोक नजिकैको धुवाँको मुस्लो फाल्ने उद्योगबाट पनि भएको छ । यसको स्थानान्तरण गर्न जरुरी छ ।
Leave a Reply