वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, १९ मङ्सिर । युनिसेफ र विश्व बैङ्कको आयोजनामा काठमाडौँमा भइरहेको ब्अअभभिचबतष्लन ँयगलमबतष्यलब िीभबचलष्लन स् न्यष्लन तय क्अबभि ष्ल क्यगतज ब्कष्ब मा सहभागी विभिन्न देशका अतिथिहरूको एक प्रतिनिधिमण्डलले वागीश्वरी माविको पूर्व प्राविदेखि कक्षा ३ सम्मका कक्षाहरूको अवलोकन भ्रमण ग¥यो ।
अवलोकनमा आएका अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त परिचय दिँदै विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको अभावले शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव परिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्व प्रावि तहमा २७७ जना विद्यार्थीको लागि सरकारी शिक्षक दरबन्दी केवल दुईओटा रहेको छ† जुन सा¥है नपुग छ† त्यसलाई पूर्ति गर्न विद्यालयले निजी स्रोतबाट २० जना विद्यार्थी बराबर २ जना शिक्षिका र १ जना आयाको हामीले व्यवस्था गरेका छौँ ।”
विभिन्न मातृभाषाका विद्यार्थीहरू भर्ना हुन आएकाले सोहीअनुसार नेपालभाषा (नेवारी), तामाङ, मातृभाषाका शिक्षिका र आयाहरूको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले कानुनतः निःशुल्क गर्नुपर्ने भए पनि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपरेकाले अभिभावकसँग आर्थिक सहयोग उठाउनुपरेको बताउनुभयो ।
सहभागी अतिथिले सोधेको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “विद्यालयमा जङ्क फुड (पत्रु खाजा) निषेध छ† पूर्वप्रावि तहका विद्यार्थीलाई स्कूलमै पकाएर ६ बार ६ थरी खाजा खुवाउँछौँ भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अभिभावककै सहमतिमा हरेक विद्यार्थीले आफ्नो घरमा पाकेकै खाजा ल्याउनुपर्ने र सोबापत प्रतिदिनको रु. १५ दिन गन्ती गरेर अभिभावकलाई रकम दिने गरेका छौँ ।”
सरकारले वर्षको १८० दिनको खाजा बापतको रकम दिए पनि स्कूलमा २२० दिनभन्दा बढी दिनको खाजाको रकम गइरहेको जानकारी दिँदै उहाँले नपुग रकम स्थानीय सरकार भक्तपुर नगरपालिकाले पूर्ति गरिदिएको बताउनुभयो ।
सहभागी अतिथिले विद्यार्थीको लैङ्गिक र शैक्षिक अवस्थाबारे सोधिएको अर्को प्रश्नको उत्तर दिँदै प्रअ कर्माचार्यले प्रावि तह कक्षा ५ सम्ममा १३११ जना छात्रा र १२४९ जना छात्र रहेको र तीमध्ये अधिकांश उत्कृष्ट विद्यार्थी छात्रा नै रहेको बताउनुभयो ।
त्यस्तै शिक्षक तालिमका बारेमा सोधिएको अर्को प्रश्नको उत्तर दिँदै भक्तपुर नगरपालिकाले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम, अटिजम रोग र अङ्ग्रेजी फोनेटिक्स र स्थानीय पाठ्यक्रमलगायतका बारेमा तालिम सञ्चालन भइरहेको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा नगरपालिकाबाट अनुगमन तथा प्राविधिक सहयोग समितिका पदाधिकारीहरूले शिक्षकको कक्षा अवलोकन र पृष्ठपोषण भइरहेको पनि उहाँले बताउनुभयो ।
अतिथिहरूले हरेक कक्षा कोठामा गई शिक्षकहरूसँग पनि अन्तरक्रिया गरेका थिए भने दिवा खाजा खुवाएको पनि प्रत्यक्ष अवलोकन गरेका थिए ।
प्रतिनिधिमण्डलमा बङ्गलादेशका अब्डुल हालिम, सोयड रसिद अल जायेड, फरिड अहमेड, जलाल उड्डिन, लुइस लिक, भारतका जुन्को ओनिशी, युनाइटेड स्टेटका हाल्से रोजर्स, युएसएका जेम्स ग्रेसम, माल्दिभ्सका मरियाम नासिर र विश्व बैङ्कका सामिरा हलबीलगायतका अतिथिहरू थिए ।
प्रमण्डलको नेतृत्व विश्व बैङ्कका साचिको वाटौकाले गर्नुभएको उक्त प्रमण्डलमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिकराम भुषाल पनि रहनुभएको थियो ।
भाषिक सहजीकरणको लागि विद्यालयको तर्फबाट शिक्षक धनकुमार श्रेष्ठ र टोलीको तर्फबाट दीपिका श्रेष्ठ र सुनिसा आहुजाले भूमिका निर्वाह गर्नुभएको थियो ।
Leave a Reply