समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
भक्तपुर नगरपालिकाले ख्वप शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरिका सर्वसाधारण जनताका छोराछोरीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गरेको प्रशंसनीय काम हो । यी शैक्षिक संस्थाहरूमध्ये ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा कलेजको भवन भनपा वडा ६ को नगरकोट सडक र चाँगुनारायण सडकसँग जोडिएको देकोचामा अवस्थित छन् । कलेजहरूमा अध्ययन गर्ने विद्यार्थी ६ हजारको हाराहारीमा छन् । शैक्षिक संस्थाहरूमा उपलब्ध गुणस्तरीय शिक्षाको कारण विद्यार्थी सङ्ख्या अझ बढ्दै छ ।
यी शैक्षिक संस्थाहरूमा बिहानको कक्षा छुट्ने र दिउँसोको कक्षा सुरु हुने समय बिहान १०–११ बजेतिर यहाँको चाँगुनारायण सडक खण्ड र नगरकोट सडक खण्ड विद्यार्थीहरूको चापले सवारी बन्दजस्तै हुन्छ । त्यतिबेला सवारी दुर्घटनाको सम्भावना हुने नै भयो । केही वर्षअगाडि नगरकोट सडक खण्डको महाकाली मन्दिरको थुम्कोनेर ख्वप शैक्षिक संस्थामा अध्ययनरत एक छात्राको मृत्यु पनि भयो । अब त्यस्तो दुःखद घटना नदोहोरियोस् भन्ने सबै अभिभावक र विद्यार्थीको चाहना हुन्छ ।
यहाँ हुने दुर्घटना नियन्त्रण गर्न ख्वप मावि र ख्वप कलेजको पूर्वतर्पmको प्रवेशद्वारको सीधा पश्चिमतर्पm पनि एउटा अर्को प्रवेशद्वार खोल्नु उपयुक्त हुनेछ । यो कामले पालोपहरामा बस्नेको लागि केही खर्च जरुर हुन्छ । तर, विद्यार्थी र स्थानीय जनता सडक दुर्घटनामा पर्ने छैनन् । झौखेल, चाँगुनारायणको पश्चिम, दुवाकोट, नेकोसेरा, सल्लाघारी र मध्यपुर थिमिका पैदल, साइकल र बाइकका विद्यार्थीलाई समेत आवतजावतमा सहज हुनेछ । यसतर्पm भक्तपुर नगरपालिकाको यथोचित ध्यान जानु जरुरी छ ।
Leave a Reply