भर्खरै :

ग्याँस चुल्हो मर्मत तालिम सम्पन्न

ग्याँस चुल्हो मर्मत तालिम सम्पन्न

भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा ग्याँस चुल्हो मर्मत तालिम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले जनधनको क्षति हुनबाट बचाउन तालिमको आवश्यकता रहेको बताउँदै भक्तपुर नगरपालिका बालबालिका समाज कल्याण समितिको निर्णयअनुसार वडा–वडामा यो तालिम भइरहेको बताउनुभयो ।
उहाँले अहिलेको समयमा पनि लैङ्गिक हिंसा बढिरहेको बताउँदै वडामा हिंसाविरुद्धको अभियान कार्यक्रम गर्ने जानकारी दिनुभयो । उहाँले भक्तपुर महोत्सवमा टोल–टोलमा विभिन्न प्रदर्शनी हुने भएकोले यो घर घरको महोत्सव हो भन्नुभयो । उहाँले महोत्सवले नगरवासीहरूको जीवनस्तर उठाउने र आर्थिक स्तर वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनंकर्मीले ग्याँस सिलिन्डर विस्फोटबाट हुनसक्ने ठुलो धनजनको क्षतिबाट बचाउन यस्तो तालिमको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा तारादेवी शाक्यले ग्याँस चुल्होबाट बच्नको निम्ति तालिम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा तालिम प्रशिक्षक गङ्गाराम रञ्जितकार र वडा सचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *