वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, १९ मङ्सिर । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा तुमचो कमलविनायकमा कार्यरत शिक्षकहरूको बिचमा जनप्रकाशन गृहबाट प्रकाशित ‘इजरायली फासीवादविरूद्ध प्यालेस्टिनी प्रतिरोध’ पुस्तकबारे बुधबारे अन्तरक्रिया कार्यक्रम भयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले हरेक व्यक्तिको हेर्ने दृष्टिकोण कामदार जनताको पक्षमा हुनुपर्छ भन्नुभयो ।
उहाँले विश्वमा न्याय र स्वतन्त्रताको निम्ति लडिरहेका देश र जनताको पक्षमा शिक्षकले नबोले कसले बोल्छ भन्ने प्रश्न गर्दैै हामीले यहुदीहरूको विरूद्धमा होइन यहुदीवादको विरोधमा बोलिरहेका छौँ भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिकस्तर उठाउन कलेजले सक्दो सहयोग गरिरहेको चर्चा गर्दै वागीश्वरी मावि र कलेजको आयोजनामा मङ्सिर २४ र २५ गते हुने दुईदिने ‘वागीश्वरी उत्सव – हाम्रो महोत्सव’ मा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले राष्ट्रिय अन्तर्राष्ट्रिय पुस्तकहरू अध्ययन गरेर आफ्नो बौद्धिकतालाई तिखार्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षकहरू कुलप्रसाद न्यौपाने, पवित्राकुमारी शाही, सोना थुया, सीता कार्की, देवलक्ष्मी ग्वाछा, सरिता बखुन्छे, सुलोचना कुटुव, भीमराज क्याप्छाकी, भगवती आचार्य, उमेश दाहाल, कमला प्रजापति, मुना तामाङ, कुन्दन वैद्य, कृष्णमान मुलेपति र विश्वराम प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply