वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, २० मङ्सिर । भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस २०८१’ को अवसरमा बिहीबार भक्तपुर नगरपालिकाका तीन जना उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकाहरूलाई पुरस्कृत गरेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकाहरू वडा नं. १० का रामलक्ष्मी दुवाल, वडा नं. १ का शिवलक्ष्मी दुवाल र वडां. ६ का कृष्णलक्ष्मी कासुलालाई नगदसहित प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा उहाँले स्वास्थ्य स्वयम्सेविकाहरू समाजका महत्वपूर्ण अङ्ग भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको स्वास्थ्य तथा सामाजिक गतिविधिमा स्वास्थ्य स्वयम्सेविकाहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै नगर सफा र स्वच्छ रहे नगरवासीहरू स्वस्थ हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले १०० शøयाको ख्वप अस्पताल सञ्चालन गर्दै घरदैलो नर्सिङ सेवालाई पनि प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बताउँदै घरदैलो नर्सिङ सेवामा पनि स्वास्थ्य स्वयम्सेविकाले महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वास्थ्य स्वयम्सेविकाहरू सरकारको प्रतिनिधित्व गरी जनताको घरदैलो पुग्ने माध्यम भएको बताउँदै तीनै तहको सरकारको काम प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्य स्वयमेसेविकाहरूको क्रियाशीलता महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आ–आफ्नो वडामा आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्नु स्वास्थ्य स्वयम्सेविकाहरूको दायित्व भएको बताउनुभयो । नजिकिँदै गएको भक्तपुर महोत्सवमा पनि स्वयम्सेविका भावनाले परिचालन हुन अनुरोध गर्दै उहाँले नगरको स्वास्थ्य प्रोफाइल बनाउनेतर्फ स्वयम्सेविकाहरूले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, स्वास्थ्य स्वयम्सेविकाको तर्फबाट प्रतिनिधि बबिमैँया लघु र डाक्टर रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
Leave a Reply