सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, २० मङ्सिर । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर महोत्सव तयारीस्वरुप बिहीबार शिक्षक कर्मचारी भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीले घोषणापत्रमा उल्लेख भएअनुसार नै शिक्षा, स्वास्थ्य, रोजगारी, पयर्टनलगायत काम गर्दै आएको बताउनुभयो ।
उहाँले पुर्खाले सिर्जेको कला र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको बताउँदै भक्तपुर महोत्सव सफल बनाउन शिक्षक, कर्मचारीको सक्रिय सहभागिता आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा भनपा ९ नं वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले बाह्य पर्यटकसँग आन्तरिक पर्यटकलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षक, कर्मचारीहरूले भक्तपुरको विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर महोत्सव सिक्ने र सिकाउने थलोको रूपमा लिने भएकोले अनुसन्धान गर्न आउने व्यक्तिहरूको लागि सहज वातावरण बनाउन शिक्षकहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भक्तपुर महोत्सवमा धेरै ठाउँमा प्रदर्शनी हुने भएकोले आवश्यकताअनुसार शिक्षक, कर्मचारीहरूले स्वयम्सेवक रूपमा परिचालन हुन पनि आग्रह गर्नुभयो ।
भक्तपुर महोत्सवका सचिवालय संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको तयारीको जानकारी गराउँदै महोत्सव सफल पार्न शिक्षक, कर्मचारीले आआफ्नो क्षेत्रमा प्रचारप्रसार गरी सहयोग गर्न अनुरोध गर्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा वडा सदस्य छोरीमैयाँ सुजखुले पनि बोल्नुभएको थियो ।
त्यस्तै ख्वप मा.विको आयोजनामा भक्तपुर महोत्सवको प्रचारार्थ तथा महोत्सवको सूचना केन्द्रमा सहयोग गर्न परिचालन हुने विद्यार्थीहरूबिच महोत्सवबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम भनपा ६ नं. वडाका वडाध्यक्ष डा. हरिराम सुवालले भक्तपुर महोत्सवको उद्देश्य र महोत्सवमा विद्यार्थीको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा ख्वप अस्पतालका निमित्त डाइरेक्टर मजेशप्रताप मल्लले महोत्सवको दौरानमा अवलोकलनकर्ताहरूको सङ्ख्या धेरै हुनसक्ने भएकोले नगरका विभिन्न ठाउँमा प्राथमिक स्वास्थ्य उपचार सेवा हुने बताउनुभयो ।
गौतमप्रसाद लासिवाले महोत्सवमा अवलोकन गर्न आउने पर्यटकहरूले विभिन्न प्रश्न सोध्न सकिने भएकाले विद्यार्थीहरूले महोत्सवको विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
Leave a Reply