भर्खरै :

विद्यार्थी निकेतनमा पुस्तक समीक्षा

भक्तपुर, १९ मङ्सिर । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, विद्यार्थी निकेतन एकाइ समितिको आयोजनामा पुस्तक समीक्षा कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ५ नं. वडाका वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले शिक्षकहरूले साहित्य नियमित अध्ययन गरे त्यसको प्रतिबिम्ब विद्यार्थी अध्यापनमा पनि देखिने कुरा बताउनुभयो ।
उहाँले शिक्षकहरूले समाजलाई योगदान दिनसक्ने साहित्य अध्ययन गरी समाजको सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।
पुस्तक समीक्षा गर्दा विद्यार्थीहरूलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिँदै त्यसले अध्ययन संस्कृतिमा थप टेवा पुग्ने प्रस्ट्याउनुभयो ।
नेक्राशिसङ्घ, भक्तपुर नगरका सचिव रत्नप्रसाद फैजुले देशका ८० लाख युवाहरू विदेश पलायन भएको सन्दर्भमा देशमै विद्यार्थीहरूलाई बस्न उत्प्रेरित गर्नुपर्ने जिम्मा शिक्षकहरूको काँधमा आएको विचार राख्नुभयो ।
उहाँले अध्ययन आफैमा चुनौतीपूर्ण कार्य भए तापनि अद्यावधिक हुन पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा शिक्षकहरू संगीता कायस्थले रिच फादर पोर फादर, बालचन्द्र श्रेष्ठले हिति प्रणाली, अप्सरा साखले प्रिय सुफी र रूपकेशरी उलकले एक सर्काे मायामाथि समीक्षा प्रस्तुत गर्नुभएको थियो । अम्बर दलीले सञ्चालन गर्नुभएको सो कार्यक्रम समितिका अध्यक्ष रूपकेशरी उलकको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *