विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

मिन्स्क, ६ डिसेम्बर (टेलिसुर) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसी समकक्षी अलेक्ज्यान्डर लुकाशेन्कोले रसिया–बेलारुस सङ्घ राज्य ढाँचाको भागको रूपमा सुरक्षा सुनिश्चितता सम्झौतामा शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।
“सम्झौतामा सुरक्षा सुनिश्चित गर्न आपसी दायित्वहरू समावेश छन् । यो सम्झौता गठबन्धनको उच्चतम स्तर हो ।” रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो ।
उहाँले सहमतिको प्राथमिकता साझा स्थानको रक्षालाई सुदृढ पार्ने कुरामा जोड दिनुभयो । उहाँले दुई नेताले युनियन स्टेट सेक्युरिटी अवधारणालाई पनि अनुमोदन गर्नुभएको जानकारी दिनुभयो ।
“एउटा अद्वितीय कागजातमा हस्ताक्षर भएको छ, यो पहिलो नियामक दस्ताबेज हो, आवश्यक भएमा दुई राज्यहरूले एकअर्काको सुरक्षाको सुनिश्चित गर्नेछन्” पेस्कोभले भन्नुभयो ।
क्रेमलिनका प्रवक्ताले यो दस्ताबेज पुटिनले हालै अनुमोदन गर्नुभएको आणविक हतियारको क्षेत्रमा रूसको सिद्धान्तमा आधारित छ; कुनै पनि राष्ट्रको अस्तित्वलाई खतरामा पार्ने आक्रमण गरे आणविक हतियारको प्रयोगलाई अनुमति दिनेछ भन्नुभयो ।
“सम्झौताले युक्रेनमा रूसको सैन्य अभियानमा बेलारूसी सेनाको संलग्नतालाई स्वचालित रूपमा सङ्केत गर्दैन तर रूसले बेलारुसको राष्ट्रिय हितको रक्षा गर्न आणविक हतियारहरू पनि प्रयोग गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्दछ ।” पेस्कोभले भन्नुभयो ।
पुटिन र लुकाशेन्को दुवैले युनियन स्टेटको सर्वोच्च सोभियतलाई शुक्रबार सम्बोधन गर्नुभएको थियो ।
Leave a Reply