पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२
हुस्सु र कुहिरोले हो कि नजिकको मान्छे पनि चिन्न मुश्किल थियो । अनि चौरको घाँसे मैदान पनि शीतले सेताम्य थियो । चिसो अलि बढ्न थालेकोले हो कि बिहान कमलपोखरीको डिलमा शारीरिक व्यायाम तथा दौडमा आउनेहरूको पनि दुई आँखाहरू मात्र देखिन्थे । अनि हातमा पुजाको थाली बोक्नेहरूको गनगनले मन्दिर गुन्जायमान भइरहँदा सेतो चैत्य नजिकै एउटा बाच्छो थचक्क बसेर मानिसहरूलाई पुलुपुलु हेर्दै थियो । त्यो बाच्छो मानिसहरूको भीडमा कहिले यता हेथ्र्यो त कहिले उता हेथ्र्यो । सायद कसैलाई खोजिरहेको हनुपर्छ । तर, बाच्छोलाई लिन कोही आउँदै आएन ।
मन्दिरको छेउमा योग गर्नेहरू गीतको धुनमा हात गोडा चलाउँदै थिए । मन्दिरको ढोकानेर पूजा सामग्री बेच्न एउटा सानो टेबल राखिएको थियो । छेउमा थिए ग्राहक भक्तजनको प्रतीक्षा गर्दै गरेका एकजना अधर्बैँसे पुरुष । अर्को पाटीमा एक जना लामा आसन जमाउँदै बुद्ध धर्मका ऋचाहरू पाठ गर्दै थियो । अनि बिच बिचमा जल छर्केर आशीर्वाद दिँदै श्रद्धालु भक्तजनलाई खुसी पाथ्र्यो । अनि भक्तजनहरू दक्षिणा चढाउँदै त्यो लामालाई खुसी पार्थे ।
बिस्तारै सूर्यको किरणले हुस्सुलाई चिर्दै गयो । पूर्वतिर सुनौला बादलको घेराबाट रातो पहेँलो सूर्य उदाउँदै गर्दा दूध बेचिसकेर एक जना भर्खरका युवा दूधको क्यान भुइँमा राख्दै नजिकको चिया पसलमा छिरे ।
हर्क सर, नमस्ते ! पसलेले भने ।
नमस्कार, हर्क सरले जवाफ फर्काए । एउटा मेचमा बस्दै पसलेलाई दूध चिया बनाउन अ¥हाए । चिया पाक्दै थियो । हर्क सरले पसल बाहिर हेरे । हर्क सर हतासमा पसलभित्र छिरे ।
पसलेले चिया हातमा ठम्याउँदै फेरि हर्क सरको बिहेको कुरा झिकिहाले, यसपालि मङ्सिर पनि सकिन लागिसक्यो, बिहेको भोज खुवाउने होइन ?
केको भोज खुवाउनु ? अमेरिकाको भिसा नलागेपछि हुन नसकेको ससुरोले छोरी अन्तै दिए नि, हर्क सरले भने पसलमा फेरि हाँसोको फोहोरा छुट्यो ।
नमानेपछि भगाउनुपथ्र्यो नि, एकजनाले जिस्काइहाले ।
भगाउन त हुन्थ्यो नि । आठ वर्ष प्रेम गरेको राम्ररी विवाह गरौँजस्तो लाग्यो । हात लाग्यो शून्य ।
हर्क सरको कुरामा रमाइला मान्नेहरू बढ्न थाले ।
यतिका वर्षसम्म के हेरी बस्नुभएको नि ? पसलेले सोधे ।
सहमति नै अमेरिकाको भिसा थियो । आफूले भिसा नपाएपछि भिसा हुनेलाई छोरी दिए नि, हर्क सरले अप्ठेरो मान्दै भने ।
खोजी आऊ पहिले सरकारी जागिर भनेको फेल खाएछ । अब त खोजी आऊ पहिले अमेरिकी भिसा पो भन्नुपर्ने भएछ । अर्कोले जिस्काइहाले ।
हो नि, पसलेले भने ।
पसलमा रमाइलो गन्थन चल्दै थियो । विचरा हर्क सर सबैको व्यङ्ग्यको सिकार बने । पसलमा कहिलेकाहीँ राजनीतिको कुरा चल्थ्यो । कोही पैसा कमाउन कीर्तिपुरमा ल्यापटप लिएर जानुपर्ने भन्दै हाँसी मजाक गर्दै थिए । कोही भने सहकारी ठगी प्रकरणबारे गनगन गर्दै थिए । नेपाल र चीनबिच कार्यान्वयन पर्खिरहेको बीआरआई सम्झौताबारे प्रधानमन्त्रीको आलोचना गर्ने पनि पसलमा कम थिएन । कोही भने आना आना र करोड करोडको गफ गर्दै थिए । तर, चियाको पैसा तिर्न एक अर्कालाई भनिरहेका थिए । अनि टी.भी.मा भक्तपुर महोत्सवको चर्चा भइरहेको थियो ।
फेरि चिया पसलको गफले अर्को मोड लियो । पसलमा कोट पाइन्ट लगाएका एक जना मान्छे लुसुक्क पसे । उनको नाम विनोद रहेछ । उनले बाहिरबाटै हर्क सरलाई नमस्कार ग¥यो । हर्क सरले भने, विनोद सर नमस्कार । साहुजीलाई अर्को चिया बनाउन भन्दै हर्क सरले विनोद सरलाई सोधे, यसपालि कुन चुनाव चिह्नबाट लड्ने भइयो त ? कि उही गाई नै हो ?
विनोद सरले केही भन्नुभएन । पसलमा आएका अरूले भने गाई होइन, अब गोरु चिह्नमा लड्ने होला । विनोद सरले चारैतिर रिसाउँदै हेरे । देश खानेलाई केही भन्नु छैन, के मलाई मात्र भन्नुभएको ?
सबैजना चुप लागे । एकजना बुढोले सानो स्वरमा भने, यसपालिको चुनावमा बियर खान बोलाउनुस् नि फेरि । पेट्रोल खर्च नभए पनि हुन्छ । पेट्रोल एउटाले दिन्छ, मासुभात अर्कोले दिन्छ, हजुरले चैँ बियर दिनुपर्छ है ।
रातोपिरो मुख लगाउँदै हर्क सर र विनोद सर पसलबाट निस्के ।
Leave a Reply